काठमाडौंबाट धादिङ गएकी महिलामा कोरोना



हाम्रो इकोनोमि

 

बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ ।

धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी  र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ ।ती महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्छिन् । उनी गृहिणी हुन् ।

शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ । पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

संक्रमित महिलाको घर भएको क्षेत्रमा पीसीआर परीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...