काठमाडौंबाट धादिङ गएकी महिलामा कोरोना



हाम्रो इकोनोमि

 

बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ ।

धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी  र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ ।ती महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्छिन् । उनी गृहिणी हुन् ।

शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ । पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

संक्रमित महिलाको घर भएको क्षेत्रमा पीसीआर परीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...