शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना परीक्षण



हाम्रो इकोनोमि

 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षकी बालिकामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनमा सारेर आइसोलेसन क्याविनमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर बालिकाको कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको पीसीआर टेस्ट गर्ने जनाएको छ ।

बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् । बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालले हाल इमर्जेन्सीबाहेक सर्जरी नगर्न र सर्जरी गर्दा पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...