शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना परीक्षण



हाम्रो इकोनोमि

 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षकी बालिकामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनमा सारेर आइसोलेसन क्याविनमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर बालिकाको कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको पीसीआर टेस्ट गर्ने जनाएको छ ।

बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् । बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालले हाल इमर्जेन्सीबाहेक सर्जरी नगर्न र सर्जरी गर्दा पीपीई लगाएर मात्र गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...