एक स्वास्थ्यकर्मी र चार पत्रकारमा पनि संक्रमण



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना संंक्रमणले डरलाग्दो रुप लिन थालेको छ । मंगलबार मात्र ५७ जना संक्रमित बनेका छन् भने संक्रमितको संख्या १९१ पुगेको छ । नेपालमा कोरोनाले तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् । उपचारका खट्टिएका स्वास्थ्यकर्मी र सामाचार संकलनमा खट्टिएका पत्रकारमा पनि कोरोना देखिएको छ ।

कपिलबस्तु, वारा र पर्सामा कोरोना समुदायमा फैलिएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि तेस्रो चरणमा प्रदेश गरेको चिकित्सकहरुले बताउन थालेका छन् । कपिलवस्तुमा आज भेटिएका आठ संक्रमित मध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेकि छिन् ।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया स्टाफ नर्स जिल्ला अस्पतालमा कार्यरत रहेकी थिइन । तर उनीमा कोरोना कसरी फैलियो ? त्यो भने पुष्टी भएको छैन । स्टाफ नर्सबाट धेरै मानिसमा कोरोना फैलिएको आशंका गरिएको छ । उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी गरिएको छ ।

उता पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...