एक स्वास्थ्यकर्मी र चार पत्रकारमा पनि संक्रमण



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना संंक्रमणले डरलाग्दो रुप लिन थालेको छ । मंगलबार मात्र ५७ जना संक्रमित बनेका छन् भने संक्रमितको संख्या १९१ पुगेको छ । नेपालमा कोरोनाले तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् । उपचारका खट्टिएका स्वास्थ्यकर्मी र सामाचार संकलनमा खट्टिएका पत्रकारमा पनि कोरोना देखिएको छ ।

कपिलबस्तु, वारा र पर्सामा कोरोना समुदायमा फैलिएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि तेस्रो चरणमा प्रदेश गरेको चिकित्सकहरुले बताउन थालेका छन् । कपिलवस्तुमा आज भेटिएका आठ संक्रमित मध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेकि छिन् ।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया स्टाफ नर्स जिल्ला अस्पतालमा कार्यरत रहेकी थिइन । तर उनीमा कोरोना कसरी फैलियो ? त्यो भने पुष्टी भएको छैन । स्टाफ नर्सबाट धेरै मानिसमा कोरोना फैलिएको आशंका गरिएको छ । उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी गरिएको छ ।

उता पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...