मेयर महतोले एकै दिन गरे तीन ओटा ईनारको शिलान्यास



हाम्रो इकोनोमि

 

४४ ओटा कलकारखाना र आवस्यक कलकारखाना खोलेर सरकारले लकडाउन खुकुलो पार्नसाथ धनुषाको मिथिला नगरपालिकाले विकास निर्माणलाई तिब्र पारेको छ । चालु आर्थिक बर्ष सकिन लागेकाले पनि विकास निर्माणलाई तिब्र पारिएको हो । सरकारले लकडाउन खुकुलो पारेकै भोलिपल्ट मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ३ नम्बर वडामा मात्रै एकै दिन सिँचाईका लागि निर्माण प्रारम्भ गरिएको ३ ओटा ईनारको शिलान्यास गरे ।

नगरपालिकाले २ लाख ५० हजार लागतका दरले निर्माण प्रारम्भ गरिएको ३ ओटै ईनारमा जनश्रमदान स्वरुप स्थानिय जनताले ५ प्रतिशत रकम ईनार निर्माणमा लगाउनेछन् । टण्टलापुर घाममा मेयर महतोले गरेको ईनार शिलान्याशलाई वडाध्यक्ष देव नारायण महतोले साथ दिएका थिए भने स्थानिय भद्रभलाद्मी र बुढापाखा अनि महिलाहरुको पनि उपस्थिती थियो ।

सामाजिक दुरी कायम गरिएर ईनार शिलान्यास गरिएको थियो । चालु आर्थिक बर्षमा मिथिलना नगरपालिकाले सिँचाई र खानेपानीको गरि नगरपालिकाभरी १ सय ईनार निर्माण गर्ने योजना अनुसार तीन ओटा ईनारहरुको शिलान्यास गरिएको मेयर महतोले बताए । मेयर महतोले भने , सिँचाई र खानेपानीको गरि नगरपालिकाको लगानीमा एक सय ईनार बनिसकेको छ । वडाहरुको लगानीमा पनि धेरै ईनारहरु बनेकाछन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...