ढिलै भएपनि सिरहाको नरहा गाउँपालिकामा ८० लाखको राहत बाडिँदै



हाम्रो इकोनोमि

 

चोहर्वा ( सिरहा ) लकडाउन लागु भएको करिव ५० दिन वित्दै गर्दा सिरहाको नरहा गाउँपालिकामा ८० लाख रुपैयाँ बराबरको राहत वितरण अन्तिम चरणमा पुगेको छ । पर घरधुरी २५ किलो चामल , ५ किलो आलु , १ लिटर खाने तेल र १ किलो नुनका दरले राहत वितरण सुरु गरिएको हो ।

नरहा गाउँपलिका वडा नम्बर ३ मा गएको सोमवारबाट राहत वितरण गर्न सुरु गरिएको छ । वडाध्यक्ष अनिशुल अनसारीका अनुसार यस वडामा ८५० घरधुरीलाई राहत वितरण गरिने तयारी छ । यस वडामा सबै भन्दा बढि दलित समुदायको जनघनत्व रहेको पनि वडाध्यक्ष अनसारीले बताए । यस वडामा ३ दिनसम्म राहत वितरण गरिने कार्यक्रम छ ।

गाउँपालिकाभरी वडानम्बर ३ का वडाध्यक्ष अनसारी जनप्रिय प्रतिनिधीका रुपमा परिचित छन् । अनसारी जनता समाजवादी दलका नेता पुर्वसञ्चारमन्त्री राजकिशोर यादव निकट मानिन्छन् । सिरहा जिल्लाकै गरिव गाउँपालिका भनेर चिनिएको नरहा गाउँपालिकामा राहत वितरणमा ढिलाई भएपछि जनआक्रोश बढेको थियो । राहत वितरणका लागि लागत सकंलनमा ढिलाई भएकाले राहत वितरणमा पनि ढिलाई भएको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए । उनले भने , प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँमा गाउँपालिकाबाट त्यसैमा ७० लाख थप गरेर जम्मा ८० लाख रुपैयाँ बराबरको राहत वितरण गर्न थालेका हौँ ।

त्यस्तै गाउँपालिकाकी प्रमुख प्रशासकिय अधिकृत सुमित्रा लामाले गाउँपालिकाका ५ ओटा मध्ये अब एउटा वडामा मात्र राहत वितरण गर्न बाँकी रहेको जानकारी दिईन् । चोहर्वामा रासन वितरण गरिदै गर्दा स्थलगत अनुगमनमा पुगेका नेपाल पत्रकार महासघँका केन्द्रीय पार्षद् तथा सतरुढ दल नेकपा निकट प्रेस सगंठन नेपालका केन्द्रीय सदस्य पत्रकार सन्तोष बराइलीसँग प्रमुख प्रशासकिय अधिकृत लामा भन्दै थिईन् , ढिलो गरि भएपनि राहत वितरण गर्न हामी सफल भएका छौँ , योनै खुशीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस
कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...