वडासदस्य रम्बा साह बने ७ नं.को कार्यवाहक वडाध्यक्ष



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष युवराज उप्रेतीको आकाश्मित निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा यसै वडाका वडासदस्य रामो साह तेली ( रम्बा )लाई कार्यवाहक वडाध्यक्षको कार्याभार दिईएको छ । गएको आईतवार बसेको मिथिला नगर कार्यापालिकाको बैठकले ऐन अनुसार जेष्ठताको आधारमा साहलाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिएको नगरप्रमुख रिनारायण महतोले बताए ।

गएको बैशाख १६ गते हृदयघातका कारण वडाध्यक्ष उप्रेतीको आकाश्मिक निधन भएको थियो । उप्रेती तत्कालिन एमाओवादी केन्द्रवाट वडाध्यक्षको उमेदवार बनेका थिए भने रम्बा तत्कालिन नेकपा एमालेबाट सदस्यको उमेदवार बनेर विजय भएका थिए । उप्रेतीले सुरु गरेको विकास अभियानलाई पुरा गर्ने वाचा साहल गरे । जनतामा आधारित मोडेलमा गाउँको विकास गर्न सुझाव दिदै नव नियुक्त कार्यावाहक अध्यक्ष साहलाई स्थानियवासी नेपाल पत्रकार महासँघका केन्द्रीय पार्षद तथा सतरुढ नेकपा निकट प्रेस सगंठन नेपालका केन्द्रीय सदस्य सन्तोष बराइलीले कार्यकाल सफलताको शुभकामना दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...