गृहसचिवले कनिष्ट नातेदारलाई च्यापेपछि इन्स्पेक्टर बढुवामा ढिलाइ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमन्त्रालयमा सरुवा भएका सचिव महेश्वर न्यौपानेका कारण प्रहरीको इन्स्पेक्टरबाट डीएसपी बढुवामा बिलम्ब हुन पुगेको छ । २०७७ बैशाख १० मै डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएको थियो । तर बढुवा भएका एसपीहरु पदस्थापन भएर काम सुरु गरिसक्दा पनि डीएसपी बढुवा हुन सकेको छैन । सचिव न्यौपानेले असईबाट आएका आफ्ना नाताले भतिजा पर्ने अति कनिष्ट इन्स्पेक्टर किरण न्यौपानेलाई बढुवा गर्ने अड्डी कसेका कारण बिलम्ब हुन पुगेको बताइएको छ । न्यौपाने २०६७ पुसमा इन्स्पेक्टर बढुवा भएका हुन् ।

त्यस्तै २०६७ मै इन्स्पेक्टर बढुवा भएका होम थापा र परशु मल्लले पनि गृहसचिव न्यौपानेमार्फत् दबाब दिएका कारण बढुवा बिलम्ब हुन पुगेको हो । असई र सई हुँदा आकर्षक स्थानमा बसी अकूत आर्जन गरेका उनीहरु साम दाम जे जे प्रयोग गरेर हुन्छ बढुवा हुने चलखेलमा छन् । यस्ता विवादित र कनिष्टलाई बढुवा गर्न सचिव न्यौपानेले दबाब दिने गरेकाले आइजीपी ज्ञवालीालाई सकस परेको छ । ज्ञवाली यस्तो अन्यायपूर्ण बढुवा गर्ने पक्षमा छैनन् ।

नेपाल प्रहरीमा ५६ डीएसपी पद रिक्त छन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा डीएसपीका २ दरबन्दी थपेको र जेठ १ मा ३० बर्षे सेवावधिका कारण एक डीएसपी अवकाश हुँदा ५९ पद खाली छन् ।
यसअघि डीएसपी बढुवामा पनि सचिव न्यौपानेले कनिष्ट मोहन पोखरेलको नाम ल्याएका थिए । तर आइजीपी ज्ञवालीले मान्दैनमानेका कारण केही दिन बढुवामै बिलम्ब भएको थियो ।

सचिव न्यौपानेमाथि अख्तियारमा हुँदा र अहिले गृहमा आएपछि पनि पनि पदको दुरुपयोग गरी आफ्ना भान्जा सुजन पौडेलमार्फत् सेटिङ गर्ने र आयआर्जन गरेको रकम पनि उनैमार्फत् बालुवा खानीदेखि विभिन्न क्षेत्रमा लगानी गर्दैआएको आरोप छ ।
सचिव न्यौपानेले सशस्त्रका ठेक्कादेखि सरुवा बढुवाको लागि नरेश भट्ट नामका बीचौलियालाई प्रयोग गर्दैआएका छन् । भट्ट पनि न्यौपानेका विश्वासपात्रमध्येमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...