गृहसचिवले कनिष्ट नातेदारलाई च्यापेपछि इन्स्पेक्टर बढुवामा ढिलाइ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमन्त्रालयमा सरुवा भएका सचिव महेश्वर न्यौपानेका कारण प्रहरीको इन्स्पेक्टरबाट डीएसपी बढुवामा बिलम्ब हुन पुगेको छ । २०७७ बैशाख १० मै डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएको थियो । तर बढुवा भएका एसपीहरु पदस्थापन भएर काम सुरु गरिसक्दा पनि डीएसपी बढुवा हुन सकेको छैन । सचिव न्यौपानेले असईबाट आएका आफ्ना नाताले भतिजा पर्ने अति कनिष्ट इन्स्पेक्टर किरण न्यौपानेलाई बढुवा गर्ने अड्डी कसेका कारण बिलम्ब हुन पुगेको बताइएको छ । न्यौपाने २०६७ पुसमा इन्स्पेक्टर बढुवा भएका हुन् ।

त्यस्तै २०६७ मै इन्स्पेक्टर बढुवा भएका होम थापा र परशु मल्लले पनि गृहसचिव न्यौपानेमार्फत् दबाब दिएका कारण बढुवा बिलम्ब हुन पुगेको हो । असई र सई हुँदा आकर्षक स्थानमा बसी अकूत आर्जन गरेका उनीहरु साम दाम जे जे प्रयोग गरेर हुन्छ बढुवा हुने चलखेलमा छन् । यस्ता विवादित र कनिष्टलाई बढुवा गर्न सचिव न्यौपानेले दबाब दिने गरेकाले आइजीपी ज्ञवालीालाई सकस परेको छ । ज्ञवाली यस्तो अन्यायपूर्ण बढुवा गर्ने पक्षमा छैनन् ।

नेपाल प्रहरीमा ५६ डीएसपी पद रिक्त छन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा डीएसपीका २ दरबन्दी थपेको र जेठ १ मा ३० बर्षे सेवावधिका कारण एक डीएसपी अवकाश हुँदा ५९ पद खाली छन् ।
यसअघि डीएसपी बढुवामा पनि सचिव न्यौपानेले कनिष्ट मोहन पोखरेलको नाम ल्याएका थिए । तर आइजीपी ज्ञवालीले मान्दैनमानेका कारण केही दिन बढुवामै बिलम्ब भएको थियो ।

सचिव न्यौपानेमाथि अख्तियारमा हुँदा र अहिले गृहमा आएपछि पनि पनि पदको दुरुपयोग गरी आफ्ना भान्जा सुजन पौडेलमार्फत् सेटिङ गर्ने र आयआर्जन गरेको रकम पनि उनैमार्फत् बालुवा खानीदेखि विभिन्न क्षेत्रमा लगानी गर्दैआएको आरोप छ ।
सचिव न्यौपानेले सशस्त्रका ठेक्कादेखि सरुवा बढुवाको लागि नरेश भट्ट नामका बीचौलियालाई प्रयोग गर्दैआएका छन् । भट्ट पनि न्यौपानेका विश्वासपात्रमध्येमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...