भारतबाट हजारौ नेपाली देश फर्किने तयारीमा



हाम्रो इकोनोमि

 

कोरोना भाइरस तिव्ररुपमा फैलिरहेका बेला भारत सरकारले रेल सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । दुई महिनादेखि बन्द रहेको रेल सेवा सञ्चालनमा ल्याउने भारतको निर्णयले नेपालमा त्रास बढाएको छ । भारतमा विभिन्न काम र रोजगारीका लागि गएका नेपालीहरुको संख्या लाखौ छ । भारतमा रेल सेवा सञ्चालन भए उनीहरु नेपाल फर्किन सीमा नाकामा आइपुग्नेछन् । उनीहरुलाई सीमा नाकामै राख्ने वा नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने चिन्ता नेपालमा छाएको छ ।

‘भारतले भोलिदेखि रेल सेवा सुचारु गर्दैछ । भोक, त्रास र प्यासले आत्तिएर भारतका विभिन्न ठाउँमा बसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हामीले केही गर्न सकेनौँ उनीहरु अब आफैँ सीमामा आइपुग्छन्’, नेकपा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले भने ‘उनीहरुलाई त्यहीँ विचल्लीमा राख्नुभन्दा स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने उपायमा ध्यान केन्द्रित नगरे हामी कोरोनाको महासंकटमा फस्ने निश्चित छ ।’

रेल सेवा सञ्चालन गर्ने निर्णयले नेपाललाई मात्र हैन भारतकै राज्य सरकारहरुलाई पनि अप्ठेरोमा पारिदिएको छ । केन्द्र सरकारको निर्णयप्रति असन्तुष्टी जनाइरहेका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा रेल सेवा सञ्चालन गरे लाखौको संख्यामा रहेका नेपालीहरु सीमा नाकामा आइपुग्नेछन् । लाखौ नेपाली एकै पटक देश भित्रिदा कोरोनाको डरलाग्दो महामारी फैलिने चिन्ता हुन थालेको छ । उनीहरुलाई सीमा नाकामै क्वारेन्टाइनको ब्यवस्था गर्न सरकारलाई दवाव बढीरहेको छ । तरपनि नेपाल सरकारले अहिलेसम्म कुनैपनि निर्णय लिन सकेको छैन ।

कोरोना फैलिदै गएपछि भारतले रेल सेवा २४ मार्चदेखि बन्द गरेको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएपछि रेललगायत सार्वजनिक यातायात पनि पूर्ण रुपमा बन्द भएका थिए । कोरोना नियन्त्रणमा नआउँदै भारतले रेल सेवा सुचारु गर्ने भएको छ ।

भारतको गृहमन्त्रालयले सोमबार नै यात्रुवाहक रेल सेवा सञ्चालनका लागि विशेष निर्देशिका ‘स्ट्यार्ण्डड अपरेटिङ प्रोसेड्योर’ पनि जारी गरेको छ । टिकट पक्का भएका र कोरोना भाइरसको लक्षण नभएका यात्रुहरुले मात्र यात्रा गर्न पाउने उल्लेख छ । यात्रुहरुले रेल छुट्ने समयभन्दा डेढ घण्टाअघि नै स्टेसनमा पुगिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...