मन्त्री अर्यालले भनिन् : लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्सामा छैन



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले लिम्पियाधुरा इतिहासदेखि नै नेपालको नक्सामा नभएको बताएपछि सरकार नै अप्ठेरोमा परेको छ । कालापानी र लिपुलेक अहिले नेपाली नक्साभित्रै रहेपनि लिम्पियाधुरा इतिहासदेखि नै नभएको बताएपछि आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बबाल भएको छ । नेकपाका नेता भीम रावलले समितिमा मन्त्री प्रदीप ज्ञवालीकै सामुन्नेमा मन्त्री अर्यालले त्यस्तो बोल्न मिल्छ भन्दै प्रश्न राखेका थिए ।

भारतीय हितको वकालत गर्ने ऋषि धमलाको रेडियोसँग कुरा गर्दै मन्त्री अर्यालले लिम्पियाधुरा नक्सामा नदेखिएपछि यो सहित राखेर नेपालको नक्सा प्रकाशित गर्ने तयारी भइरहेका बेला नेपाल भारत सीमा बार्ताको कुरा आएकाले नक्सा प्रकाशनमा ढिलाई भएको जानकारी दिएकी थिइन् । तर मन्त्री अर्यालले लिम्पियाधुरा नेपालको नक्सामै नभएको भनिन् भनेर भ्रम फिंजाउने काम भयो । जुन कुरा भीम रावलले पनि अन्तर्राष्ट्रिय समितिमा जोडदार रुपमा उठाएका थिए ।

मन्त्री अर्यालले भारतले नक्सामा यी भूभागहरु राखेर प्रकाशित गरेपछि यो कसरी पर्यो भन्ने विषयमा नेपाल सरकारले भारतसँग चासो राखेको बताएकी थिइन् । । उनले सीमाका विषयमा अहिलेको सरकारले पटक पटक भारत सरकारलाई नोट जारी गरी कुटनीतिक छलफलको तयारी गरिरहँदा कोरोना संक्रमण फैलिएकाले रोकिएको समेत जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...