नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच यस्तो सहमति भो, पार्टी नफुटने पक्का
पार्टी भित्र देखिएको विवाद समाधानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार भएको दुई अध्यक्षबीचको छलफलमा पार्टी स्थायी कमिटी बैठक, संसदीय दलको बैठक बोलाउने विषयका साथै सरकारको नीति तथा कार्यक्रम, बजेट लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले अहिलेको अवस्थामा स्थायी कमिटी र संसदीय दलको बैठक बस्न नसके पनि संसदमा एकताबद्ध तरिकाले अगाडी बढन आवश्यक रहेको दाहालसँग भनेको बालुवाटार स्रोतले भनेको छ ।
‘अहिलेको अवस्थामा नीति तथा कार्यक्रम, बजेटको तयारीका साथै कोरोनासँग लडनुपर्ने समय भएकाले केही समयपछि बैठक बोलाउदा ठिक हुन्छ’ स्रोतले भन्यो, ‘हुन त यि सब विषयमा पार्टी बैठकमा छलफल गरी अगाडि बढ्दा राम्रो हुने तर अहिलेको परिस्थिति साथीहरुले बुझ्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीको कुरा सुनेका दाहालले बैठक बोलाउनै पर्ने दवाव आफूलाई आइरहेको बताएका छन् । २० स्थायी कमिटी सदस्यहरुले बैठक माग गरिसकेको कुरा उल्लेख गर्दै दाहालले ति सदस्यका साथै सचिवालय सदस्यहरुबाटै छिट्टै बैठक बोलाउन दवाव आफूलाई रहेको दाहाल सचिवालयले जनाएको छ ।
‘साथीहरुको दवाव बैठक छिट्टै होस् भन्ने नै हो, बजेट नीति तथा कार्यक्रम लगायतका विषयमा समेत छलफल गरेर अगाडि बढ्दा राम्रो हुने हो’ दाहालले भने, ‘ठिकै छ तपाईको कुरा त्यस्तो हो भने मिलाएर बैठक राखौं, दुई चार दिनमै राख्दा राम्रो हुन्छ, छलफल गरौं ।’
पछिल्लो समय सत्तारुढ नेकपा भित्र बढेको शक्ति संघर्षसँगै नेताहरुले बैठक बोलाउने र नबोलाउने दाउमा रहेका छन् । ओली समुहले बैठक छलन खोज्दै छ भने ओली इतर समुहका नेताले छिटोभन्दा छिटो बैठक होस् भन्ने माग गरिरहेका छन् ।
संसदको शुरु छैठो अधिवेशन अघि संसदीय दलको बैठक बस्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले पत्रमार्फत बैठक बस्न नसक्ने जनाउँदै संसदभित्र एकताबद्ध तरिकाले अगाडि बढ्न निर्देशन दिएका छन् ।
स्थायी कमिटी बैठक बस्नुभन्दा एक दिन अघि स्थागित गरिएको छ । बैठक बोलाउने बिषयमा अध्यक्षद्वय ओली र दाहालका बीचमा दिनहु छलफल भए पनि सहमती जुटिरहेको छैन् । नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले ओलीको राजीनामा बैठकमा उठाउने पूर्वानुमान गर्दै ओलीले बैठक छल्न खोजिरहेको बताइएको छ ।


