नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज (शनिबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले उदयपुर भुल्केमा १८, ४५ र ६५ वर्षका महिला र कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुष र पर्साका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...