अर्को दिलिप महतो बन्न तयार छु तर उत्खनन् हुन दिन्न : धनपती महतो , युवा अगुवा



हाम्रो इकोनोमि

 

अवैध उत्खनन विरुद् आवाज उठाउँदा ज्यानै गुमाएका दिलिप महतोको पदचाप पछ्याउँदै सोही ठाउँका युवा अगुवा धनपती महतोले उत्खनन रोकेरै छाड्ने उद्घोष गरेकाछन् । सरकारले लामो लकडाउनपछि ४४ ओटा उद्योग तथा ब्यवसाय खोल्न दिएको अनुमतीमा क्रसर उद्योग र निर्माण सामाग्री भित्र पर्ने गिट्ग्रिावेल पनि खुल्ला भएपछि धनुषामा फेरी खोलाहरुमा गिट्ीग्रावेल उत्खनन् तिब्र पारिएको छ ।

यसै क्रममा मिथिला नगरपालिकाको ३ नम्बर वडामा पर्ने जलाद खोलामा बेचन शर्माको क्रशर उद्योगले उत्खनन थालेपछि स्थानिय युवा अगुवा धनपती महतोको समूहले यसको विरोध गरेकाछन् । बेचन मिथिला नगरपालिकाका गिट्ीग्रावेलका ठेकेदार समेत हुन् ।

खोलाबाट गिट्ीग्रावेल उठाउन रोक लगाउँदा धनपतीको समूहलाई विहिवार प्रहरीले समेत हस्तक्षेप गरेपछि आक्रोशित बनेको धनपतीको समूहले पत्रकारहरुसँगको भेटमा आफूहरुको ज्यान गएपनि उत्खनन् रोकेरै छाड्ने दावि गरेका हुन् । धनपती महतोले भने , मापदण्ड विपरीत जलाद खोलामा फेरी माफियाहरुले उत्खनन् थालेकाछन् , अर्को दिलिप महतो हुन तयार छु तर उत्खनन् हुन दिन्न । जलाद खोलकै छेउमा रहेको औरही खोलाको उत्खनन् रोक्दा दिलिप महतोको ज्यान गएको थियो । दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने समेत धनपतीले माग गरे ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...