बाबुराम भट्टराईले भने म प्रधानमन्त्रीको दाबेदार होईन



हाम्रो इकोनोमि

 

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसईई परीक्षा खारेज गर्न सरकारसँग माग गरेका छन् । कोरोनापछिको लकडाउन र त्रासले बिद्यार्थीको मानसिकता कमजोर भएको भन्दै भट्टराईले एईई परीक्षा खारेज गर्न माग गरेका छन् ।
‘कोरोनाका कारण बिद्यार्थीहरु त्रसित छन्, उनीहरुको मानसिकता खलबलिएको छ’, नेता भट्टराईले भने ‘एईई परीक्षा हुन्छ भनेर बिद्यार्थीहरुलाई थप भारमा नपारौ । बिद्यार्थीको मुल्यांकन गर्ने जिम्मा बिद्यालयहरुलाई दिऔ ।’

भट्टराईले विदेशमा अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् । ‘विदेशमा नेपालीहरु अलपत्र परेका छन् । कतिपय देशले नेपालीहरुलाई फिर्ता पठाउन थालेको छ’, भट्टराईले भने ‘भारतदेखि अमेरिका र मध्यपूर्वमा रहेका नेपालीहरुलाई त्यो देशले पठाउँदैछन् । उनीहरुलाई विदेशमा भोकै मर्न नदिऔ ।’

भट्टराईले कोरोनापछिको लकडाउनका कारण मजदुरको अबस्था निकै जटिल बनेको बताए । ‘हामी सांसद मन्त्रीहरुले तलव खाइरहेका छौ, तर मजदुरको पेट भोको छ । सवै सरकारले ब्यहोर्न सक्दैन भने कम्पनी मालिकले आधा र सरकारले आधा ज्याला दिएर मजदुरको पेट भर्नु पर्दछ’,भट्टराईले भने । एक चौथाई मजदुरहरु भोकै बस्नुपर्ने अबस्था आएको भन्दै तत्काल कदम चाल्न भट्टराईले आग्रह गरेका छन् ।

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गरे । ‘६०÷६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उनले भने ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गरे । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उनले भने, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव समूहलाई क्षमादान दिएर सहमतिमा ल्याउन पूर्वप्रधानमन्त्री डा. भट्टराईले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...