प्रहरी र सेनालाई दिएर फोटोसेसन मात्र, दीपक मल्होत्राज्यू, कहाँ पाइन्छ ५ रुपैयाँमा मास्क ?



हाम्रो इकोनोमि

 

नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने हल्लाखल्ला गरेका थिए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अभाव देखिएको भन्दै चेम्बरको समेतको सहयोगमा व्यवसायी मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने घोषणा २०७६ फागुन २५ मा गरेका हुन् । हप्तामा ५ लाख मास्क उत्पादन गरी ५ रुपैयाँ प्रतिपीस उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता उनले गरेका थिए ।  तर बजारमा सर्जिकल मास्क १५ रुपैयाँभन्दा कममा पाइँदैन ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल प्रहरीका पूर्वएआइजी तथा चेम्बरका सदस्य नवराज ढकालसहित उपस्थित कार्यक्रममा मल्होत्राले ५ रुपैयाँमा मास्क बजारमा उपभोक्तालाई उपलब्ध गराउने बताएका थिए । उनले ५ रुपैयाँमा मास्क उपलब्ध गराउनेसम्बन्धी  सयौं समाचार अहिले पनि अर्काइभमा पढ्न सकिन्छ । तर बजारमा कहीँ पनि उपभोक्ताले ५ रुपैयाँमा मास्क पाउन सकेका छैनन् । धुम्बाराहीका भुवन कार्की भन्छन्–‘मल्होत्राले २ महिनाअघि ५ रुपैयाँमा मास्क उपलब्ध गराउने भनेका थिए । बजारमा त १५ रुपैयाँ भन्दा कममा कहीँ सर्जिकल मास्क पाइँदैन ।

दिनमा १ लाख मास्क उत्पादन गर्ने र ५ रुपैयाँमा बितरण गर्ने भन्दै आएका मल्होत्राले यसरी प्रहरी र सेनामा दिएर फोटोसेसन मात्र गर्दैआएका छन् । 

चेम्बर र सरकारको सहयोगमा व्यवसायी मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन २७ फागुनमा ल्याएर उत्पादन सुरु गर्न लागेको जानकारी दिएका थिए । कच्चा पदार्थ र मेसिन आइपुगेपछि सातामा पाँच लाख मास्क उत्पादन गर्दै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको मल्होत्राले बताएका थिए ।  तर त्यो ५ लाख मास्क उनले ५ रुपैयाँमा होइन प्रतिगोटा १५ रुपैयाँमा बिक्री गरिरहेका त छैनन् ? बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मल्होत्राले ५ रुपैयाँमा बिक्री गर्ने भनेको मास्कको खोजीनीति गर्नुपर्ने हो । एक सातामा ५ लाख मास्क उत्पादन गरी मल्हात्राले कहाँ लगे ? त्यही मास्क कालोबजारीमा त बिक्री गरेका छैनन् उनले ? सरोकारवाला निकायले खोजी गर्नुपर्ने भइसकेको छ ।

मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निःशुल्क यात्रुलाई मास्क वितरण हुने मल्होत्राले जानकारी दिएका थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता सागर आचार्यले निःशुल्क मास्क बितरण अहिलेसम्म नभएको बताए । उनले भने–‘चैत पहिलो सातासम्म उडान चालु थियो । तर निःशुल्क मास्क र स्यानिटाइजर कसैले पनि बितरण गरेको थाहा छैन । अहिले पनि प्रस्थान कक्षबाट विभिन्न देशका यात्रुहरु चार्टर फ्लाइटबाट गइरहेका छन् । तर उनीहरुलाई निःशुल्क मास्क कसैले पनि दिएको छैन ।’

५ रुपैयाँ प्रतिगोटा मास्क बजारमा उपभोक्ताले नपाएकोबारेमा दीपक मल्होत्राले भने–‘५ रुपैयाँमा मैले दिने भनेर घोषणा गरें । मैले ५ रुपैयाँमा बेच्न सकिनँ । मैले ५ रुपैयाँमा दिंदा घाटा हुने भयो । त्यही भएर ७ रुपैयाँमा बितरण गर्दैआएको छु । नेपालभरीमा मेरा ३१ वटा पसलबाट ७ रुपैयाँ प्लस भ्याट लिएर बितरण गरेको छु । सेल पेबाट सामान किन्दा १० वटा सर्जिकल मास्क घरमा सिंत्तैमा दिइरहेको छु । त्यसरी दिंदा कतिपयले सेलपेको प्रचार प्रसार गर्न खोजेको भने । फ्रीमा दिन पनि माध्यम चाहिने भएर सेलपे मार्फत् आएकालाई दिइएको हो ।’

सातामा ५ लाख पीस मास्क उत्पादन गर्ने घोषणा र उपभोक्ताले औषधि पसलमा एउटा मास्कको १५ रुपैयाँ तिर्नुपरेकोबारेमा मल्होत्राले भने–‘१५ रुपैयाँ त पर्दैन होला ।’ हस्पिटलहरुले ७ रुपैयाँमै मास्क लगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क मास्क बितरण गर्ने घोषणा गरिएको तर अध्यागमन कार्यालयले अहिलेसम्म कसैले बितरण नगरेकोबारेमा ध्यानाकर्षण गराउँदा मल्होत्राले भने–‘लकडाउन होला भन्ने लागेको थिएन । लकडाउन भयो । तर केही मास्क नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीलाई निःशुल्क बितरण गर्न दिएका थियौं ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...