लकडाउनबारे निर्णय हुने, एक हप्ता थप्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

सरकारले कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलन नदिनका लागि लकडाउन जारी गरेको छ । सरकारले जारी गरेको लकडाउन बैसाख १५ गते पूरा हुँदैछ ।

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा सकारात्मक काम गरेको भए पनि लामो लकडाउनले नागरिकको जीवन कष्टप्रद बनाउँदै लगेको छ ।

लकडाउनले नागरिकको दिनचचर्या कष्टप्रद बनाउँदै लगेको र यसले आर्थिक गतिविधि समेत ठप्प पारेका कारण नागरिक र विज्ञहरुले समेत लकडाउनलाई केहि खुकुलो बनाउनु पर्ने आवाज उठाउन थालेका छन् ।

यसै परिप्रेक्ष्यमा कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ ।

चैत ११ देखि लागू लकडाउनको दोस्रो पटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिंदैछ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वामा रहेको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बस्ने भएको हो । सरकारले एक हप्ता थप्ने तयारी गरेको स्रोतको दाबी छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सामान्य छलफल गरे पनि बैठक अध्यादेश फिर्ता लिने विषयमा केन्द्रित रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जिम्मा उच्चस्तरीय समितिलाई दिएको स्रोतले जनाएको छ ।

‘नेपालमा कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकको स्थिति समेत विश्लेषण गरी लकडाउनबारे निर्णय गरिने छ,’ स्वास्थ्य मन्त्रालय अन्तर्गत योजना विभागका प्रमुख गुणराज लोहनी भन्छन्, ‘अहिलेका कुरा भने अनुमान मात्र हुनेछन् ।’

उच्चस्तरीय समितिले लकडाउनबारे आफ्नो छलफलको निष्कर्षअनुसार सरकारलाई सिफारिस गर्नेछ भने त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । झापाका शुक्रबार एक पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रदेश–१ मा मात्र २९ जना कोरोना संक्रमित पुगिसकेका छन् । अहिलेसम्मको अवस्थामा प्रदेश–१ र २ सबैभन्दा बढी जोखिममा रहेको देखिएको छ । तीन महिनाको अवधिमा नेपालका १२ जिल्ला कोरोना संक्रमणबाट प्रभावित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...