राप्रपाले भन्यो विदेशमा अलपत्र नेपालीको उद्धार गर



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राप्रपाले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरी नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गरेको छ ।

त्यस्तै आफू बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन पनि राप्रपाले माग गरेको छ ।

त्यस्तै विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि राप्रपाले आग्रह गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पार्ने हुँदा नेपालमा त्यसको प्रभाव न्युनीकरण गर्न अहिलेदेखि नै अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबद्र्धन कार्यक्रम तयार पार्न पनि आग्रह गरेको छ ।

राप्रपाले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसंगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि राप्रपाले माग गरेको छ ।

कोरोना भाइरसको प्रकोपले अल्पविकसित देश झन् बढी प्रभावित भएको भन्दै राप्रपाले सरकारले अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई बर्षसम्मको लागि व्याज मिनाह गर्ने प्रस्ताव राख्न सुझाव दिएको छ । त्यस्तै नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहाको प्रस्ताव पनि अन्तर्राष्ट्रिय मञ्हरुमा राख्न राप्रपाको सुझाव छ ।

राप्रपाले सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

‘…सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...