अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश चाहिन्नः ईश्वर पाेखरेल



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सडकमा अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश आवश्यक नपर्ने बताएका छन् ।

नेपाली रेडियाे नेटवर्कमा आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै लकडाउनका कारण हिडेर घर जान लागेकाहरूलाई तत्काल घर पुर्‍याउन सर्वोच्च अदालतले दिएको आदेशप्रति लक्षित गर्दै सरकारलाई त्यस्ता आदेशको आवश्यकता नपर्ने बताए ।

उनले सरकारले आफ्नो काम र जिम्मेवारी जानेकोले कुनै आदेश दिइरहनु नपर्ने टिप्प्णी गरे ।

पोखरेलले अदालतको आदेशप्रति सरकारलाई चासो नभए आशय पनि व्यक्त गरे । उनले हिडेर घर जानेहरूलाई नै दोषारोपण गरे । सरकारलाई जानकारी नदिई हिड्नु गलत भएको उनले भनाइ छ ।

‘आफ्नो सुरले घर जानु आफैमा गल्ती हो, तर आफ्नै सुरले गएपनि उनीहरूको जिम्मा सरकारले लिन्छ’, उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सडकमा अल्पत्र परेकालाई हिजो र आजमा आ आफ्ना घरमा पुर्‍याई सकिने र भोलिदेखि सडकमा कोही पनि नदेखिने दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...