अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश चाहिन्नः ईश्वर पाेखरेल



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सडकमा अलपत्र परेकाहरूलाई व्यवस्थापन गर्न अदालतको आदेश आवश्यक नपर्ने बताएका छन् ।

नेपाली रेडियाे नेटवर्कमा आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै लकडाउनका कारण हिडेर घर जान लागेकाहरूलाई तत्काल घर पुर्‍याउन सर्वोच्च अदालतले दिएको आदेशप्रति लक्षित गर्दै सरकारलाई त्यस्ता आदेशको आवश्यकता नपर्ने बताए ।

उनले सरकारले आफ्नो काम र जिम्मेवारी जानेकोले कुनै आदेश दिइरहनु नपर्ने टिप्प्णी गरे ।

पोखरेलले अदालतको आदेशप्रति सरकारलाई चासो नभए आशय पनि व्यक्त गरे । उनले हिडेर घर जानेहरूलाई नै दोषारोपण गरे । सरकारलाई जानकारी नदिई हिड्नु गलत भएको उनले भनाइ छ ।

‘आफ्नो सुरले घर जानु आफैमा गल्ती हो, तर आफ्नै सुरले गएपनि उनीहरूको जिम्मा सरकारले लिन्छ’, उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सडकमा अल्पत्र परेकालाई हिजो र आजमा आ आफ्ना घरमा पुर्‍याई सकिने र भोलिदेखि सडकमा कोही पनि नदेखिने दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...