भारतमा सुधार नआएसम्म नेपालको लकडाउन नहटाउने प्रधानमन्त्री ओलीको संकेत



हाम्रो इकोनोमि

 

कोरोना भाइरस रोकथामको लागि सरकारले लागु गरेको लकडाउन पुन: लम्ब्याउने सम्भावना छ । प्रधानमन्त्री केपी ओलीले दिएको जानकारी अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार नआएसम्म नेपालमा लकडाउन जारी हुने संकेत देखिएको छ ।

ओलीले भने,  ‘भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो हुने छैन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संक्रमण रोकथामका लागि लकडाउनसँगै सीमा बन्द र देशभित्रै पनि आवतजावतको स्थिति नियन्त्रण गर्नु जरुरी भएको बताए ।

भारतमा हालसम्म कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ५ सय  नाघेको छ । साथै संक्रमितको संख्या  १५ हजार सात सय १२ पुगेको छ । पल्छिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बैशाख २१ गतेसम्मको लागि लकडाउन जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...