भारतमा सुधार नआएसम्म नेपालको लकडाउन नहटाउने प्रधानमन्त्री ओलीको संकेत



हाम्रो इकोनोमि

 

कोरोना भाइरस रोकथामको लागि सरकारले लागु गरेको लकडाउन पुन: लम्ब्याउने सम्भावना छ । प्रधानमन्त्री केपी ओलीले दिएको जानकारी अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार नआएसम्म नेपालमा लकडाउन जारी हुने संकेत देखिएको छ ।

ओलीले भने,  ‘भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो हुने छैन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संक्रमण रोकथामका लागि लकडाउनसँगै सीमा बन्द र देशभित्रै पनि आवतजावतको स्थिति नियन्त्रण गर्नु जरुरी भएको बताए ।

भारतमा हालसम्म कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ५ सय  नाघेको छ । साथै संक्रमितको संख्या  १५ हजार सात सय १२ पुगेको छ । पल्छिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बैशाख २१ गतेसम्मको लागि लकडाउन जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...