स्वास्थ्य सामाग्री सरकारले सोझै खरिद गर्ने, संकटमा बिरामीको जिम्मा सेनालाई



हाम्रो इकोनोमि

 

कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अतिआवश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैले खरिद गर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले बसेको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धा मार्फत र अपुग भए सरकार आफैले गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव एवं उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीका अनुसार स्वास्थ्य सामग्रीय प्रतिस्पर्धा मार्फत र अपुग भएमा सरकार आफैले सोझै खरिद गर्ने निर्णय भएको बताए ।

यसैगरी, अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णय समितिले गरेको छ । अहिलेको महामारीको बेला विरामी रिसिभ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णय समेत भएको सचिव बिडारीले बताए ।

१४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परिक्षण गरेर मात्रै घर जान दिने समितिले जनाएको छ । तर परिक्षणमा कुनै विरामी देखिएको खण्डमा आइसोलेसनमा राख्ने काम हुनेछ । यो मुलुकभरका सबै क्वारेन्टाइनमा लागु गरिने उनले बताए ।

यसैगरी, समितिको बैठकले गाउँ गाउँमा रहेको ग्रामीण स्वास्थ्य स्वयम् सेवकलाई उचित भत्ता दिएर परिचालन गर्ने निर्णय गरेको छ । अहिलेको अवस्थामा गाउँ गाउँमा रहेका स्वास्थ्य स्वयम सेवकलाई समेत स्वास्थ्य कार्यालयले परिचालन गर्ने गरी अगाडी बढने भएको छ ।

सरकारले ११ चैत देखी लकडाउन शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यले सरकारले २५ चैतसम्म लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...