कोरोनाबाट ३७७८० जनाको मृत्यु, स्पेनमा २४ घण्टामै ९ सय १३ को मृत्यु



हाम्रो इकोनोमि

 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० बाट ज्यान गुमाउनेको संख्या ३८ हजार नाघेको छ । वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ भने १ लाख ६५ हजार ३५ जना बिरामी उपचारपछि निको भइ घर फर्किएका छन । पछिल्लो २४ घण्टामा इटाली, स्पेन र अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने इटालीमा ८ सय १२ जना तथा अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा १ सय १७ र बेलायतमा १ सय ८० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट इटालीमा ११ हजार ५ सय ९१, स्पेन ७ हजार ७ सय १७, चीन ३ हजार ३ सय ४ र अमेरिकामा ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ जना कोरोना संक्रमति बनेका छन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...