कोरोना उपचारको सामग्री काठमाडौं आइपुगे



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि अलिबाबा, ज्याक मा फाउन्डेशन र नेपाल सरकारले खरिद गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओबाट सो सामाग्री नेपाल ल्याइएको हो ।

नेपाल ल्याइएको सामाग्रीमा अलिबाबा र ज्याक मा फाउन्डेशनले सहयोग गरेको सामाग्रीका साथै ललितपुरको कृष्ण गल्लीस्थित ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपियाँमा सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री रहेको छ ।

 

स्रोतले उपलब्ध गराएको विवरणअनुसार सरकारले खरिद गर्ने भनिएका मध्येका १२ प्रकारका सामग्री शनिबार राति १ बजेपछि नेपाल आइपुगेका हुन् ।

स्वास्थ्य सामग्री गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमूना संकलन गर्ने ट्युबहरू रहेका छन् ।

यी सामाग्री पहिलो चरणमा नेपाल ल्याइएको हो । बाँकी सामग्री अप्रिल २ र ५ तारिखमा नेपाल ल्याउने कम्पनीसँग सम्झौता भएको छ ।

सामान खरिदको सम्झौतामा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र कम्पनीकी प्रबन्ध निर्देशक डा. सीमा सिटौलाले हस्ताक्षर गरेकी छन् ।

सम्झौता अनुसार १ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...