सिगान बग्दैमा वा रुघा, खाेकी लाग्दैमा डराउनु पर्दैन : डा. पुन



 

वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले अहिलेसम्म उपचारमा आएका धेरै जसो व्यक्तिमा मनोवैज्ञानिक त्रास देखिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शुक्रबार बिहान कुरा गर्दै डा.पुनले कोरोना भाइरसको संक्रमणको आशंकामा उपचार गराउन आएका व्यक्तिहरूलाई काउन्सिलिङ दिएपछि उपचारनै गर्नु नपर्ने अवस्था पनि आएको बताए । उनले अहिले नेपालमा यसको संक्रमण नदेखिए पनि अन्तिमसम्म सर्तक भएर बस्नुपर्ने बताए ।

डा. पुनले नाकमा सिगान बग्दैमा वा घाँटी खसखस गर्दैमा कोरोना भाइरसको संक्रमण नहुने बताए । ‘अहिले रुघा, खोकीको समय भएकाले सामान्य रुघाखोकी लाग्दैमा उपचारका लागि अस्पताल आउनुपर्दैन’, उनले भने ।

डा.पुनले सबै मिलेर कोरोना भाइरस संक्रमणको सामना गर्नुपर्ने बताए । ‘हामी सबै मिलेर यो भाइरसको सामना गर्नुपर्छ । सजगता अपनाउनुपर्छ’, उनले भने, ‘नेपाल अन्तिम संक्रमक राष्ट्र बन्न सक्ने खतरा पनि छ ।’

डा.पुनले बाहिरी सम्पर्कमा जाँदा एक मिटरको दुरी बनाउनेदेखि हातलाई पटक पटक धुने जस्ता कार्य गर्न सुझाव दिएका छन् । उनले सकेसम्म घर बाहिर नजाने गइहाले उच्च सर्तकता अपनाएर मात्रै जान आग्रह गरेका छन् ।

‘मनोविज्ञानले गर्दा मानिसलाई बढी प्रभाव पारेको छ । चिन्ता लिने र रातभरि नसुत्ने जस्ता काम भइरहेका छन्’, उनले भने, ‘यसले मानिसलाई थप बिरामी बनाउँछ । यो संक्रमण हुँदैमा मान्छे मर्दैन । यसका पनि स्टेपहरू हुन्छन् । कति स्टेपमा पुगेको बिरामीलाई कस्तो उपचार गर्ने भन्ने विधिहरू हुन्छन् ।’

‘सामान्य रुघा, खोकी, ज्वरो आउँदैमा आत्तिनुपर्दैन’, डा.पुनले भने, ‘रुघा, खोकी र ज्वरोले च्याप्दै गयो भने मात्रै उपचारका लागि जानुपर्छ ।’

उनले धेरैले ल्याव टेस्टप्रति शंका गर्ने गरेको बताए । ‘यो विश्वकै विशेष प्रविधि भएकाले ल्याव टेस्टको विषयमा शंका गर्न आवस्यक छैन’, डा.पुनले भनेका छन् ।

सबै प्रकारका रोग ल्याब टेस्टबाटै पत्तालाग्ने र यो विशेष प्रविधिलाई चलाउन नेपालमा पनि धेरै विशेषज्ञ भएको भन्दै डा.पुनले जोखिम भएपनि विदेशमा संक्रमण हुने तर, नेपालमा किन भएन भनेर सोच्नुपर्ने अवस्था नभएको बताए ।

डा. पुनले भने, ‘यो सामान्य प्रविधि हैन । त्यसकारण प्रविधिलाई विश्साव गरौँ । नेपालमा अहिलेसम्म संक्रमण छैन ।’

‘टेकु अस्पतालले कुनै पनि बिरामीलाई भेदभाव गरेको छैन् । अरु अस्पतालले खुलाएर पठाएका बिरामीको उपचार र काउन्सिलिङ राम्रोसंग भइरहेको छ’, उनले भने, ‘टेकुमा उपचार भएन भन्ने कुरा गलत हो । हामीले दिने परामर्श र उपचारमा आएजतिमा संक्रमण नभेटिएकै हो ।’

‘संक्रमण भटियो भनेपनि एक सयमा १५ प्रतिशत मात्रै अस्पतालमा भर्ना हुनुपर्छ’, उनले भने, ‘त्यसमा पनि ५ प्रतिशत मात्रै बेडमा जाने हो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्