मापसे जाँच खारेज, अंगालो मार्न निषेध



हाम्रो इकोनोमि

 

कारोनालाई लक्षित गरेर प्रहरी प्रधान कार्यालय, नक्सालले अत्यावश्यक भए मात्र मादक पदार्थ सेवनको जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

क्षेत्रीका अनुसार कोरोनाको माहामारीलाई लक्षित गरेर केही दिन अघि यो निर्देशन जारी गरिएको हो ।

‘मापसे जाँच गर्नु परे पनि पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर मात्र गर्नु भनेका छौं’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरिएका क्षेत्री भन्छन्, ‘सामान्य अवस्था जाँच नगर्न निर्देशन दिएका छौं ।’

उनका अनुसार विभिन्न प्रशिक्षण कार्यक्रममा पनि कोरोनासम्बन्धी सचेतनामूलक विषयलाई समावेश गरिएका छन् । आवासीय प्रशिक्षणका बेला दिइने ‘नाइट आउट’ पनि स्थगित गरिएको छ । सामान्य अवस्थामा आवासीय तालिमका वेला प्रहरी अधिकृतलाई शुक्रबार घर जान दिइन्छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सर्वसाधारणमा कोरोनाबारे प्रशिक्षण दिने काम पनि भइरहेको उनले बताए । त्यसका लागि माइकिङ र पर्चा पम्प्लेट वितरणलाई जोड दिइएको क्षेत्रीको भनाइ छ ।

अंगालो मार्न निषेध

तीन वटै सुरक्षा निकायले भिडभाडमा नजान र स्वास्थ्य सावधानी अपनाउन सम्पूर्ण युनिटलाई निर्देशन जारी गरिसकेको छ ।नेपाली सेनाले सिपाहीलाई भीडभाडमा नजान, नियमित हात धुन र सबै जनामा नियमित रुपमा ज्वरो जाँच गर्न भनेको छ ।

नियमित जाँच गरेर कसैलाई ज्वरो आएको देखिए छुट्टै कोठामा राखेर स्वास्थ्य सावधानी अपनाउन पनि विभिन्न इकाइका कमाण्डरलाई निर्देशन दिइएको जंगीअड्डाले जनाएको छ ।

प्रहरीमा पनि हात मिलाउने, छुने वा अंगालो मार्ने कामलाई निषेध गरिएको छ । साथै, माक्सको नियमित प्रयोग गर्न भनिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...