भद्रकालीमा बन्यो यस्तो क्वारेन्टाइन



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ ।

सोमबारबाट सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेले अनलाइनखबरसँग भने, ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ, संक्रमितलाई कहाँ-कसरी राखिन्छ, कसरी उपचार गरिन्छ भनेर डेमोस्ट्रेसन गरी देखाउन नमूना क्वारेन्टाइन बनाएका हौं । ताकि यहाँ देखेर, सिकेर उनीहरुले आ-आफ्नो क्षेत्रमा त्यहीअनुसार गरुन् ।’

पाण्डेका अनुसार तालिम सन्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका छन् । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग-अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको छ ।

नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ ।

सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ । निजी अस्पतालहरुलाई पनि क्वारेन्टाइन र आइसोलसन कक्ष निर्माण गर्न सरकारले आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले अनलाइनखबरसँग भने, ‘सेना, एपीएफ, बीर र बिभिन्न अस्पतालमा क्वारेन्टाइनहरु बनेका छन् । काठमाडौंमा मात्रै करिब-करिब अढाइ सयदेखि तीन सयको बीचमा तयार भइसकेको अवस्था छ ।’ सातै प्रदेशहरु र केही स्थानीय तहका अस्पतालहरुमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले काठमाडौं उपत्यकामा आवश्यकता अनुसार र प्रदेशमा कम्तिमा एक-एक वटा आईसीयू र आईसोलेसन कक्षयुक्त विशेष पूर्वाधार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...