भद्रकालीमा बन्यो यस्तो क्वारेन्टाइन



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ ।

सोमबारबाट सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेले अनलाइनखबरसँग भने, ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ, संक्रमितलाई कहाँ-कसरी राखिन्छ, कसरी उपचार गरिन्छ भनेर डेमोस्ट्रेसन गरी देखाउन नमूना क्वारेन्टाइन बनाएका हौं । ताकि यहाँ देखेर, सिकेर उनीहरुले आ-आफ्नो क्षेत्रमा त्यहीअनुसार गरुन् ।’

पाण्डेका अनुसार तालिम सन्चालनका लागि भद्रकालीमा हाल ५४ वटा टेन्ट राखिएका छन् । प्रत्येक टेन्टभित्र दुई जनालाई उपचारका लागि राखिन्छ । दुई जना बिरामीलाई अलग-अलग दुईवटा शौचालय र पानीको व्यवस्था गरिएको छ ।

नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ ।

सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको छ । निजी अस्पतालहरुलाई पनि क्वारेन्टाइन र आइसोलसन कक्ष निर्माण गर्न सरकारले आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले अनलाइनखबरसँग भने, ‘सेना, एपीएफ, बीर र बिभिन्न अस्पतालमा क्वारेन्टाइनहरु बनेका छन् । काठमाडौंमा मात्रै करिब-करिब अढाइ सयदेखि तीन सयको बीचमा तयार भइसकेको अवस्था छ ।’ सातै प्रदेशहरु र केही स्थानीय तहका अस्पतालहरुमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको उनले जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय समन्वय समितिको गत बिहीबार बसेको बैठकले काठमाडौं उपत्यकामा आवश्यकता अनुसार र प्रदेशमा कम्तिमा एक-एक वटा आईसीयू र आईसोलेसन कक्षयुक्त विशेष पूर्वाधार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...