प्रधानमन्त्री ओलीलाई ज्वरो, अस्पताल बसाइ लम्बियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखा परेको छ । २१ फागुनमा मृगौला प्रत्यारोपन गरिएको थियो । त्यसपछि उनको स्वास्थ्यमा सुधार आउँदै गरेका बेला सामान्य ज्वरो देखा परेको उपसचारमा संलग्न चिकित्सकहले बताएका छन् ।

सामान्य ज्वरो आएपछि ओलीलाई बुधवार अस्पतालबाट डिस्चार्ज गरिएन । सोमवारतिर मात्र डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । अपरेशन गरेको घाउँ दुखेपछि कहिले काँही ज्वरो आउने चिकित्सकहरुले बताएका छन् । ‘उहाँमा धेरै ज्वरो आएको होइन, सामान्य ज्वरो देखिएको छ’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

प्रधानमन्त्री ओलीको रगत र पिसाव परीक्षणका लागि पठाइएको छ । त्यसको रिपोटअनुसार पनि प्रधानमन्त्रीको अस्पताल बसाईलाई निर्धारण गर्ने भएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्य र केही चिकित्सकहरु अझै केही समय अस्पतालमै राख्नु पर्ने पक्षमा छन् भने केही चिकित्सक र सचिवालयका सदस्यहरु बालुवाटारमा लिएर आराम गराउने पक्षमा छन् । बालुवाटारमा भए प्रधानमन्त्रीले आराम नगरी काम गर्न थाल्ने भएका कारण केही समय अस्पतालमै राख्नु पर्ने तर्क गर्न थालिएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपनि चिकित्सकहरुले औषधी खान दिएका छैनन् । रगत र पिसावको रिपोट हेरेपछि मात्र औषधी खान दिने तयारी चिकित्सकहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...