प्रधानमन्त्री ओलीले एक महिना आराम गर्नु पर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि दुई दिनभित्र डिस्चार्ज गर्ने गरी चिकित्सकहरु तयारी थालेका छन् । अस्पतालबाट डिस्चार्ज भएपनि करिव एक महिना प्रधानमन्त्री ओलीले निवासमै आराम गर्ने भएका छन् ।

झण्डै एक साताअघि प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत सोमबार अस्पतालमा भर्ना भएका ओलीको बुधवार मात्र मृगौला प्रत्यारोपन गरिएको थियो । प्रत्यारोपन गरिएको मृगौलाले काम गर्न थालेको छ भने उनको स्वास्थ्यमा दैनिक सुधार हुँदै आएको छ । स्वास्थ्यमा सन्तोषजनक सुधार आएपछि दुई दिनभित्र डिस्चार्ज गर्ने तयारी उपचारमा संलग्न चिकित्सकहरुले थालेका छन् ।

‘उहाँको स्वास्थ्य हामीले चाहेअनुसार नै सुधार हुँदै गएको छ’ उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भने ‘यही अबस्था रहे २ दिनभित्र उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

डाक्टर ज्ञवालीकाअनुसार प्रधानमन्त्री ओलीको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन् । स्वास्थ्यका सवै सुुचकांकहरु राम्रो स्थितिमा भएपनि प्रधानमन्त्री ओलीले एक महिना आराम गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । अहिले उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । सङ्क्रमणको जोखिम बढने सक्ने भन्दै डाक्टरहरुले तत्काल काममा नफर्किन र आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...