प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल,अहिले होस खुल्यो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँगै होस खुलेको छ । मिर्गौला प्रत्यारोपण गर्नका लागि दिइएको एनथेसिया (बेहोस बनाउने औषधि)ले काम गर्न छाडेपछि उहा होसमा आउनु भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री ओलीको होस खुलेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भएको छ । उहाका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थाल्नु भएको छ । यद्यपी पूर्ण होसमा आउन भने केही समय लाग्नेछ ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो २ बजेर ४५ मिनेटसम्म चलेको थियो । मिर्गौला दाता भाञ्‍जी समीक्षा सर्गौला र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो । समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो । ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ । उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भन्नुभयो, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ ।’ होसमा आएपछि उहाले चिकित्सकहरुलाई इशारामै धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...