गगन थापाले भने अर्थमन्त्रीसँग बहस गर्न तयार छु



हाम्रो इकोनोमि

 

पुस्तक करका बिषयमा अर्थमन्त्री युवराज खतिवडाले भनाईलाई नेपाली कांग्रेस नेता गगन थापाले प्रतिवाद गरेका छन् । सुचना तथा सञ्चारमन्त्रीको समेत जिम्मेवारी समाल्दै आएका खतिवडाले पुस्तकमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका थिए ।

सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले पुस्तकमा लगाइएको कर नहटाउन र यसका बिषयमा आफु जहाँ पनि बहस गर्न तयार रहेको बताएका थिए । ‘पुस्तकमाथी लागेको कर हट्दैन, रु यस बिषयमा बहस गर्न म तयार छु’ अर्थमन्त्री खतिवडाले भनेका थिए ।

खतिवडाको भनाईलाई प्रतिवाद गर्दै कांग्रेस नेता गठन थापाले अर्थमन्त्री खतिवडालसँग बहस गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले ‘बहस गर्न कहाँ आउँ ?’ भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ उनले ट्वीटरमा लेखेका छन् ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...