पाँचौ कागेश्वरी पर्यटन महोत्सब भब्यरुपमा सम्पन्न
बागमती प्रदेश सरकार, कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा बुधबार उक्त महोत्सब सम्पन्न भएको हो । स्थानिय मेलाका सम्रक्षेक तथा मन्त्री भयपछि पहिलो आेपचारिक कार्यक्रममा पुग्नुभयका वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुयाँलको बजागाजा साथ भब्य स्वागत भयको थियो। उँहाको अगुवाइमा २ हजार किलो धातुको कागको मुर्ति निर्माण हुन् गइरहेको छ।
यसलाई सहिद पार्कमा राखिने भएको छ । यो कागको मुर्ति विश्वकै ठुलो हुनेछ । एतिहासिक कागेश्वरी धाममा भाद्र अष्टमीको दिन कागेश्टमिमेला लाग्ने गर्दछ । कागेश्वरि हुँदै चिसापानी देखि गोसाईकुण्ड सम्म जाने बाटो भएकोले त्यसको लागि अध्ययन गरी डिपी आर तयार भइरहेको उनले जानकारी गराए ।
महोत्सब गरिएको स्थल नजिकै १ सय रोपनी जग्गामा सेमिनार हल सहित र पार्क बनाउने योजना रहेको बताए । आगामी कागे अस्टमी दिन सम्म केहि पूर्वाधार निर्माण गर्ने योजना रहेको छ उनले भने ।कागेश्वरी धाम बनाउन ६ करोडको डीपीआर तयार भएको छ । यसको लागि जनप्रतिनिधि तथा स्थानीय जनताले सहयोग गर्नु हुने छ भन्नेमा आफु बिश्वस्त रहेको कुरा राख्नु भयको छ । मन्त्री हुनुभन्दा पहिले १८ घन्टा काम गरेकोमा अब १९ घन्टा काम देस र जनताका लागि गर्ने प्रतीबदत्ता जनाउनु भयको छ।


