सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरि निस्पक्ष अनुसन्धान गर्न कांग्रेसले प्रधानमन्त्री ओलीसँग माग गरेको हो ।

आज (बिहीबार) प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले ७० करोड कमिसन मागेको विरोध गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

 

प्रवक्ता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ–‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्कालन बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...