सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरि निस्पक्ष अनुसन्धान गर्न कांग्रेसले प्रधानमन्त्री ओलीसँग माग गरेको हो ।

आज (बिहीबार) प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले ७० करोड कमिसन मागेको विरोध गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

 

प्रवक्ता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ–‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्कालन बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...