महरा सरले न्याय पाउनुभयो म खुसी छु : रोशनी शाही



हाम्रो इकोनोमि

 

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् ।

शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’

‘तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’

रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् ।

‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, पछि मैले होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मुद्दा दर्ता गरियो’ उनले भनिन्, ‘षडयन्त्र यसैमा थियो ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...