चीनबाट ल्याइएका सबै १७५ जना नेपाली खरिपाटीमा



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट ल्याइएका एक सय ७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो। चिनियाँ समयअनुसार चीनको वुहानबाट शनिबार राति १२ बजे उडेका उनीहरु आइतबार बिहान ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र पुर्‍याइएको हो।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो।

आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्।

चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...