पूर्वसभामुख कृष्णबहादुर महरा छुटने पक्का
अदालतभित्र पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलमै राखिरहने कि छोड्ने भन्ने विषयमा बहस भइरहँदा अदालतको बाहिर भने महरा छुट्लान त भन्ने कौतुहलता बढिरहेको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथियौनदुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महराको अन्तिम सुनुवाइ शुरु भएको छ ।
हिजो (आइतबार)बाट शुरु भएको अन्तिम सुनुवाइ चलेसँगै अब महरा जेल जाने वा छुट्ने भन्ने विषय टुंगो लगाइने भएको छ । प्रमाण संकलन कार्य सकएसँगै शुरु भएको सुनुवाइ आज (सोमबार) पनि हुँदैछ । काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसमा मुद्दाको अन्तिम सुनुवाइ भएको हो । हिजो सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरेका थिए भने आज महराका तर्फबाट बहस हुनेछ ।
महराको तर्फबाट बहस सकिएपछि उनीविरु अदालतले अभियोग पुष्टि हुने वा नहुने निर्णय सुनाउनेछ । उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।
यसअघि तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। गएको असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरालाई असोज १९ गते सभामुख निवासुबाटै पक्राउ गरेको थियो । जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो ।
यौनदुर्व्यवहार गरेको आरोप लगाएकी ती महिला कर्मचारीले पछिल्लो पटक आफूमाथि यौन दुव्र्यवहार नभएको बयान दिएकी थिईन । जिल्ला अदालत समक्ष पीडितको हैसियतमा बकपत्र गर्ने क्रममा रोशनी शाहीले आफूविरुद्ध महराले जबरजस्ती करण प्रयास नगरेको दाबी गरेकी हुन । शुरुमा …… प्रयास भएको बताएकी महिलाले पछि बोली फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् ।


