बालुवाटार जग्गा काण्ड : गच्छदार पक्राउ पर्ने, को को जाँदैछन जेल, विष्णु पौडेललाई सफाइ



हाम्रो इकोनोमि

 

कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सार्वजनिक उपमा नै बनेको छ– सदाबहार मन्त्री । ०७४ को निर्वाचनपछिका दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने उनीप्रति यो उपमा सही देखिन्छ । ०४८ सालदेखि निरन्तर शासन र शक्तिको वरिपरि रहेका गच्छदारको राजनीतिक यात्रामा बुधबार भने धक्का लागेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ ।

 

अख्तियारले पछिल्लो पटक मुद्दा चलाएका राजनीतिक नेतामा गच्छदार ‘हाइप्रोफाइल’ का हुन् । कांग्रेसमा उनी उपसभापति र संसदीय दलको उपनेतासमेत छन् । गच्छदारसँगै भ्रष्टाचार मुद्दामा परेका पूर्वमन्त्रीमा डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन् । श्रेष्ठ नेकपा मालेका र जोशी पुनर्गठित नेकपा संयुक्तका नेता हुन् । सिधा रेखाबाट शक्तिमा टिक्न सकिँदैन भन्ने मान्यता राखेरै गच्छदार सधैं शक्तिको वरिपरि हुन्थे । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका उनी १३ पटक मन्त्री बने । पाँच पटक त उपप्रधानमन्त्री नै भए । उनले जहिल्यै रोजेकै मन्त्रालय लिन्थे/पाउँथे । गृह, भौतिक, जलस्रोत उनका मुख्य रोजाइ हुन्थे । ०४८ सालदेखि निरन्तर चुनाव जित्ने नेता शेरबहादुर देउवा र गच्छदार हुन् ।

०६४ देखि ०७४ सम्मको कालखण्डमा गच्छदार सत्ताको साँचो नै बनेका थिए । त्यसअघि उनी नेता रिझाएर प्रभावशाली मन्त्रालयका साथ मन्त्री बन्थे । ।

 

०४८ सालमा पहिलो पटक उनलाई तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए । त्यसपछि गच्छदार कोइरालाका प्रियपात्र बन्न पुगे । कोइरालाको किचन क्याबिनेटमा त्यतिबेला मुख्य चार नेताको हालीमुहाली थियो । जसलाई एकेजीबी अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार नामले चिनिन्थ्यो । ती चार नेतामध्ये खड्काको निधन भइसकेको छ । उनले पनि भ्रष्टाचार मुद्दामा सजाय भोगेका थिए । जोशीले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । अर्का नेता केसी कांग्रेसको सक्रिय राजनीतिमा छन् । देउवा प्रधानमन्त्री बनेपछि गच्छदारले कोइराला कित्ता छाडेका थिए । पार्टी विभाजन हुँदा उनी देउवा नेतृत्वको तत्कालीन नेपाली कांग्रेस ९प्रजातान्त्रिक० मा थिए ।

 

०६४ को पार्टी एकीकरणपछि उनी लामो समय कांग्रेसमा रहन सकेनन् । संविधानसभाको निर्वाचनअघि कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरममा पुगे । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । पार्टी विभाजित गराएरै माधव नेपाल नेतृत्वको सरकार गठबन्धनमा उनी सामेल भए ।

त्यसपछि धेरैजसो कालखण्डमा गच्छदार सत्ताको साँचो बनेर चर्चामा छाइरहे । जब ०७४ को संसदीय चुनावमा वाम पार्टीहरू गठबन्धन बनाएर होमिए, गच्छदार आफ्नो राजनीतिक अस्तित्व बचाउन आफूले नेतृत्व गरेको पार्टीलाई कांग्रेसमा विलय गराए । पार्टीको महाधिवेशनको मुखमा गच्छदार भ्रष्टाचार मुद्दामा परेपछि त्यसको धक्का पार्टी सभापति देउवालाई समेत परेको छ । १३ औं महाधिवेशनबाट देउवालाई सभापति बनाउन कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मुख्य हात थियो ।

 

पछिल्लो समय सिटौलाले छाडेपछि देउवालाई गच्छदारको दरिलो साथ मिल्दै आएको थियो । तत्कालीन फोरम लोकतान्त्रिक समूहका नेता तथा कार्यकर्तालाई पार्टी संरचनामा झन्डै २० प्रतिशत हिस्सा दिइएको थियो । १४ औं महाधिवेशनमा देउवाका लागि त्यो ठूलो बल थियो । गच्छदारले भने आफू उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना राख्दै आएका थिए । ‘यो घटनाले पार्टीभित्र ठूलो हलचल ल्याएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘खासगरी सभापति देउवाका लागि सेटब्याक भएको छ ।’

 

‘लालझन्डाले खत माफ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाले अनौठो संशय र प्रश्न उब्जाएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लालझन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा त हुने होइनरु’ यस्तै, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकामा आश्चर्य व्यक्त गरेका छन्। ‘माधवकुमार नेपालको पालामा नीतिगत निर्णय।

एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाईरु विजय गच्छदारलाई १’ उनले ट्विट गरेका छन्। उनले ‘पूर्वमन्त्री कमरेड’ भनेर नेकपाका महासचिव विष्णु पौडेलप्रति लक्ष्य गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...