महाअभियोगबाट यसरी सफाइ पाए ट्रम्पले



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् ।

बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ पाएका छन् । यो अभियोगमा भएको मतदानमा ट्रम्पले ५३-४७ मत पाए ।

आउँदो राष्ट्रपति निर्वाचनका आफ्ना सम्भावित प्रतिस्पर्धीलाई भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोग ट्रम्पमाथि विपक्षीले लगाएका थिए । राष्ट्रपतिको शक्ति दुरुपयोगको अभियोगमा ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

विपक्षीको बहुमत रहेको तल्लो सदनले महाभियोग लगाए पनि माथिल्लो सदनबाट अस्वीकृत भएको छ । योसँगै अमेरिकी राजनीतिमा लामो समयदेखि चलेको महाभियोगको माथापच्ची विराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...