अमेरिका सुपर पावर हो, एमसीसी छिट्टै पारित गरिन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

एमसीसीको जहाँसम्म कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नुभन्दा अगाडि पर्याप्त अध्ययन गरेर सम्झौता गर्नुपर्ने, हामी सम्झौता सबै सिध्याउँछौं र अन्तिममा, अनुमोदन गर्नेबेलामा बहस सुरु गर्छौं र अध्ययन थाल्छौं ।

सबै सम्झौताहरु आम नागरिकले अध्ययन गरेर, पढेर, कण्ठ पारेर बस्छन् भन्ने दुनियाँमा कतै पनि हुँदैन । आम नागरिकले सबै सम्झौता पढ्छन् र राम्रो–नराम्रो छुट्याउँछन् भन्ने हुँदैन, त्यसका लागि विज्ञहरु खटाइएको हुन्छ । वार्ता गरिएको हुन्छ । मूल्याङ्कन गरिएको हुन्छ । त्यसका आफ्ना प्रक्रियाहरु छन् । एमसीसी पनि त्यही प्रक्रियाअन्तरगत अघिल्लै सरकारले गरेको थियो ।

केही समययता एमसीसी एकदमै इण्डो प्यासिफिक पोलिसीअन्तरगत भयो भनिँदैछ । अमेरिका हामी सबैलाई थाहा छ । हामी बुझ्छौं नि अमेरिका । किन इण्डो प्यासिफिक मात्रै ? उसको पोलिटिक्स ग्लोबलै छ । ग्लोबलै पोलिटिक्स छ । ग्लोबलै पोलिसी छ । ग्लोबलै स्टाट्रेजी नै छ अमेरिकाको । अमेरिका सुपर पावर हो । संसारको सबभन्दा धनी, सबभन्दा बलियो देश भनेर जानिएको । जसका संसारका कुना–कुनामा फौजी अखडाहरु छन् । साधारणतया तर्कले काम गर्दैन । कानूनले काम गर्दैन । त्यस हिसाबले चल्छ अमेरिका । चलिराख्या छ । सुपर पावर हो भन्ने सबैलाई थाहा छ नि त । त्यस्तो सुपर पावरका आफ्ना ग्लोबल स्टाट्रेजी हुन्छन् । होलान् । हामीले गरेको सम्झौता के हो ? हाम्रो सम्झौताले के भन्छ ? एमसीसीसम्बन्धी कम्प्याक्टले के भन्छ ? हामीले हेर्ने त्यो हो ।

हामीले गरेको पाँच वर्षको सम्झौता हो । पाँच वर्षभित्र हामीले गरिसक्नुपर्छ । गरिसकिएन भने जहाँ पुग्या छ, त्यहीँ रोकिएर जति बाँकी छ, त्यो पैसा फिर्ता जान्छ । त्यसकारण हामीले हतार–हतार त्यो काम गर्नुपर्छ ।

हामी विद्युत उत्पादन गर्दैछौं, जलस्रोतको धनी देश, हामीलाई ट्रान्समिसन लाइन चाहिन्छ । पर्याप्त पैसा चाहिन्छ । अमेरिकाले ट्रान्समिसन लाइन बनाइदिन्छु भनेको छ । इण्डिया सम्बन्धित किन भयो भने इण्डिया निर्यात गर्नका निम्ति त्यो ट्रान्समिसन लाइन आवश्यक पर्ने हो र त्यो चाहियो भन्दाखेरि हामीले सुनौली–गोरखपुर ट्रान्समिसन लाइनको एग्रिमेन्ट गरिसक्यौं । एग्रिमेन्ट भइसकेको हुनाले अब खाली एलाइनमेन्ट क्लियर गर्ने, वन र जमीनको क्लियरेन्स दिने कुरा भइराखेको छ । प्रोसेसमा छ त्यो ।

उपयुक्त कसरी हुन्छ भन्दाखेरि यसमा आफ्ना कन्डिसनहरु छन् । कानून बनाउँदाखेरि उसले भनेको छ डेमोक्रेसी हुनुपर्छ । जनलक्षित विकास हुनुपर्छ, सुशासन हुनुपर्छ । जनताका विरुद्ध तानाशाही चलाउनका लागि सहयोग गरिँदैन । तानाशाही हुनुहुँदैन, आदि कुराहरु छन् । देश सुशासनतर्फ अग्रसर भएको हुनुपर्छ, भ्रष्टाचार नियन्त्रणको बाटोमा गएको हुनुपर्छ । यी सबै कुराहरु उसैका (अमेरिकाका) शर्तहरु हुन् ।

यी शर्तबाट प्राप्त गर्नु भनेको त्यो त नराम्रो कुरा होइन । यी शर्त पुरा गरेर यसले हामीलाई छनौटका लागि उपयुक्त भन्यो । २०१२ मा छनोटका लागि उपयुक्त छौ भनेपछि २०१५ बाट सम्वादहरु सघन ढंगले सुरु भए । र, २०१७ मा तत्कालीन अर्थमन्त्रीले सम्झौता गरे । त्यो उचितै सम्झौता भएको छ । त्यसबेला म सरकारमा नभएको मात्र होइन, मलाई हटाइएर बनाइएको सरकार थियो । तर, त्यसो भए पनि ठीक कुरालाई ठीक भन्नुपर्छ । त्यसकारण मैले त्यसबेला पनि ठीक भनेको हुँ । र, अहिले पनि ठीक छ भन्छु ।

अब यसलाई अनुमोदन गर्नुपर्छ । यो अनुमोदन हुन्छ । यो (एमसीसी) यसै अधिवेशनबाट र छिटै पारित हुन्छ, पारित गरिन्छ ।

यसमा सैन्य उद्देश्यमा खर्च गर्न नपाइनेसमेत कन्डिसन छ । विकासमा बाहेक अरुतिर खर्च गर्न पाइँदैन । अझ हामीले फाइनल गरेर बाटो र ट्रान्समिसन लाइनमा कहाँदेखि कहाँसम्म भन्ने पनि निश्चित भइसक्या छ । त्यसकारण यसमा नेगेटिभ भन्ने कुरै छैन ।

हाम्रा साथीहरुमा केही कन्फ्युजन देखियो । कन्फ्युजन देखियो भनेदेखि ठीकै छ नि त, अध्ययन गरेर सबै तर्क व्यवस्थित गरेर ल्याएर बुझ्दाखेरि भयो । त्यसकारण हामीले व्यवस्थित गरेर तथ्य प्रमाणहरु सबै सहमति, त्यसको हिस्ट्री, त्यसका व्यवस्था सबै कुराहरु ल्याउनका निम्ति कार्यदल बनाएका छौं । १० दिन भनेको, तीन दिन भइसक्यो, अब तीन दिनभित्र यसले आफ्नो रिपोर्ट दिन्छ । त्यसपछि सबैलाई स्पष्ट हुनका लागि सजिलो हुन्छ । यो ठूलो समस्याको विषय होइन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...