नेकपाका सांसदहरुले मासिक १२ हजार पार्टीलाई तिर्नुपर्ने



हाम्रो इकोनोमि

 

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिलेसम्म पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए । पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ पार्टीलाई बुझाउँदै आएका थिए भने पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ बझाउँदै आएका थिए । अब सांसदको लेबीले एकरुपता पाएको छ ।

माघ १५ देखि १९ सम्म काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे प्रश्न उठेपछि आइतबार यसबारे नेकपा सचिवालयमा छलफल भयो ।

सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् ।

नेकपाका एक केन्द्रीय सदस्यले  भने, अब पूर्वएमालेका सांसदहरुको लेबी पनि मासिकरुमा १२ हजार नै कायम भएको छ ।

त्यसैगरी नेकपाले लिँदै आएको पार्टी सदस्यहरुले तिर्दै आएको मासिक लेबी पनि घट्ने भएको छ । हाल नेकपाका सदस्यले मासिक ५० रुपैयाँ सदस्यता शुल्क तिर्दै आएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा सदस्यता शुल्क घटाउनुपर्ने र महिलालाई निशुल्क गराउनुपर्ने माग उठेपछि यसबारेमा पनि आइतबारको सचिलावय बैठकमा छलफल भएको स्रोतले बतायो । केही नेताहरुले सदस्यहरुको लेबी मासिक २५ रुपैयाँमात्रै राख्न प्रस्ताव गरे पनि यसबारे अर्को बैटकमा निर्णय लिइने तर सदस्यता शुल्क घट्ने जवाफ आएको केन्द्रीय सदस्यले बताए ।

नेकपाका केन्द्रीय नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको मागका सम्बन्धमा पनि सचिवलायका नेताहरुले हललाई जवाफ दिएका छन् । हलमा सचिवालयका तर्फबाट जवाफ दिँदै प्रचण्डले विधान अनुशार पार्टीको अनुशासन आयोगलाई नेतहरुको सम्पत्ति विवरण लिने र अनियमितता भएको आशंका हुनेमाथि छानविन गर्न अधिकार दिइएको बताए ।

त्यसैगरी नेकपाको बैठकमा यती होल्डिङका सम्बन्धमा श्वेतपत्र जारी गरिनुपर्ने माग उठेको सम्बन्धमा नेपाल ट्रष्टको जग्गासम्बन्धी विषय रक्षामन्त्री ईश्वर पोखरेलले हेरिरहेको हुनाले पोखरेलेल नै यसबारे श्वेतपत्र जारी गर्ने जवाफ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिएका छन् ।

साथै, मन्त्री सांसद र कुनै राजनीतिक नियुक्तिहरुमा नरहेका होलटाइमर केन्द्रीय नेताहरुलाई मासिक पारिश्रमिकको व्यवस्था समेत नेकपा सचिवालयको आगामी बैठकले गर्ने निर्णय आश्वासन प्राप्त भएको केन्द्रीय नेताले सुनाए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...