६० सहसचिवको सरुवा, को कहाँ पुगे ?
सरकारले ६० सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । गत शुक्रबार उनीहरुलाई सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै बढुवा भएका ४२ जना सह सचिवहरुको पदस्थापन गरेको छ भने १८ जना सहसचिवको अन्तर मन्त्रालय सरुवा गरेको छ ।
त्यस्तै गृहमन्त्रालयले आफ्नो मातहतका १७ सहसचिव र १८ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । यसक्रममा गृहले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको हो । यसरी सरुवा हुनेहरुमा प्रधानमन्त्री तथा मन्त्री परिषदमा कार्यरत यमलाल भुसाल र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ ।
त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियारमा पठाएको छ । गृह मन्त्रालयका वसन्त अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईएको छ । यस्तै यस्तै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपेन्द्र काफ्लेले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा गरेको छ । केही अघि मात्र स्वास्थ्य मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा पुगेका शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोग लगिएको छ ।
त्यस्तै मान बहादुर बिकलाई सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याईएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालय लगिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेत लगिएको छ भने सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शङ्कर प्रसाद सुवेदीलाई राष्ट्रिय कितावखानामा ल्याइएको छ ।
राष्ट्रिय सूचना आयोगका सहसचिव कुमार प्रसाद दहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेलाई गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय किताबखानाका सहसचिव गीता कुमारी हुमागाईलाई लोक सेवा आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्मालाई गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै सरकारले ४२ जना सह सचिवको पदस्थापन गरेको छ ।जसमध्ये टिकाराम ज्ञवाली घोराही उप महानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उप महानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपूर सिमरा उप महानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उप महानगरपालिका दाङ, हरि बखति धनगढी उप महानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उप महानगरपालिका पोखरा, कृष्ण प्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा, भीष्मप्रसाद न्यौपाने विराटनगर महानगरपालिकामा, उपेन्द्र खनाल हेटौडा उप महानगरपालिकामा सरुवा गरिएको छ ।
राजेन्द्र कुमार केसी र बाबुराम खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । त्यस्तै बाबुराम भण्डारी र बद्रीराज अर्याललाई अर्थ मन्त्रालय, सुशील श्रेष्ठलाई आदिवासी जनजाति आयोग, राजेन्द्र प्रसाद घिमिरे कलैया उप महानगरपालिका बारा, नुरहरी खतिवडा, उमेश कुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवण कुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
यसैगरी सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश नं १ विराटनगर, हरि प्रसाद बाँस्तोला प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेश पोखरा, दुर्गा दत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बागमति प्रदेश, हेटौडामा पदस्थापन गरिएको छ ।
नारायण प्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैत प्रकाश श्रेष्ठ राष्ट्रिय कितावखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लाल बहादुर कार्की लोक सेवा आयोग, रुद्रनाथ देवकोटा बेपत्ता छानबिन आयोगमा लगिएको छ ।
सह सचिवद्वय यम प्रसाद भुसाल र विष्णुदत्त गौतम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणी पोख्रेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लगिएको छ ।


