महेन्द्रको शालिक भत्काउने नेकपाको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा कतिपय केन्द्रीय सदस्यले राजा महेन्द्रको शालिक भत्काउनुपर्नेसम्मको माग गरे । केन्द्रीय नेताका कतिपय सुझावहरु रोचक खालका देखिए भने केही सुझाव गम्भीर प्रकृतिका रहे ।

कतिपय केन्द्रीय सदस्यले ‘ब्रतबन्धमा फजुल खर्च नगर्ने’ भन्ने आचारसंहिताको बुँदाप्रति व्यंग्य गरे । भौतिकवादी पार्टीले ‘ब्रतबन्ध’बारे आचारसंहिता बनाउन नमिल्ने तर्क केन्द्रीय समिति बैठकमा सुनियो ।

कुल ४३७ सदस्यलाई १५ समूहमा विभाजन गरेर आएका सुझावहरुलाई समूह नेताले बैठकमा प्रस्तुत गरेका थिए । ती समूह नेताले बैठकमा पेश गरेका सुझावहरुको नोट फेला पारेको छ ।

समूहका नेताहरुले बैठकमा प्रस्तुत गरेको सारांशलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

 

प्रायः सबै समूहका नेताहरुले एमसीसीबारे तीनखाले मत आएको रिपोटिङ गरेका छन् । एमसीसी पारित गर्नुहुँदैन, सच्याएर पारित गर्नुपर्छ र हुबहु पारित गर्नुपर्छ भन्ने मतहरु बैठकमा आएको समूह नेताहरुको भनाइ छ ।

त्यसैगरी गुबटन्दी माथिबाटै भएको र गुटहरु भत्काउनुपर्ने आम सुझाव छ । नेताका नाममा खोलिएका प्रतिष्ठान बन्द गर्नुपर्ने सुझाव पनि विभिन्न समूहबाट आएको छ ।

पार्टीमा केन्द्रदेखि तलैसम्म बहुपदहरु सिर्जना गर्नुपर्ने, सरकारको काम चित्तबुझ्दो नभएको, पार्टी विधानअनुसार नचलेको र सरकारलाई पार्टीले चलाउनुपर्ने सुझावहरु पनि आम रुपमा उठेको पाइएको छ ।

बैठकमा आर्थिक प्रतिवेदन किन आएन भन्ने प्रश्न पनि आमरुपमा उठेको छ । पार्टीमा आर्थिक अपारदर्शिता भएको भन्दै आयोग बनाएर नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने र बालुवाटार अनि यतीलाई दिएको जग्गाबारे छानबिन हुनुपर्ने कतिपय समूहमा आवाज उठेको छ ।

त्यस्तै, कार्यकर्ताको व्यवस्थापन हुनुपर्ने, होलटाइमरको जिविकोपार्जनको व्यवस्था गरिनुपर्ने, शहीद, बेपत्ता परिवारको भरणपोषण हुनुपर्नेलगायतका मागहरु सामूहिक रुपमा उठेका छन् । ।

यही बैठकबाट पोलिटब्यूरो गठन गर्नुपर्ने, महिलाको सहभागिता बढाउनुपर्ने र पार्टी सदस्यता शुल्क घटाउनुपर्ने माग पनि सामुहकिरुपमा उठेको छ । आचार संहिता परिमार्जन गर्नुपपर्ने र नेताहरुको अभिव्यक्तिमा एकरुपता हुनुपर्ने माग धेरै नेताहरुले गरेका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियामाथि पनि धेरैले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...