कोरोनाभाइरस बाट चीनमा मर्नेको सङ्ख्या ३ सय, १४ हजार बढि संक्रमित



हाम्रो इकोनोमि

 

 

चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ ।

हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् ।

फिलिपिन्समा कोरोनाभाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ ।

फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण शुरु भएको थियो ।

फिलिपिन्सका लागि विश्व स्वास्थय सङ्गठनका प्रतिनिधि रवीन्द्र अबेयासिङ्घेले पत्रकारहरुसँग भने, ‘चीनबाट बाहिर भाइरस संक्रमित बिरामीले ज्यान गुमाएको यो पहिलो घटना हो ।’

यता, चीनले शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको बताएको छ । ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...