एमसीसी पास गराउन ओली र प्रचण्डको गोप्य बार्ता



हाम्रो इकोनोमि

 

एमसीसी जसरी पनि पास गराउन २ अध्यक्ष ओली र प्रचण्डको गोप्य बार्ता बालुवाटारमा चल्दैछ ।  बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीका सन्दर्भमा विज्ञ सम्मिलित कार्यदल गठन गरेर एकमतले पारित गर्नुपर्ने सुझाव केन्द्रीय कमिटी बैठकमा आएको छ । यसबारे पनि छलफल हुने बताइएको छ । अब कार्यदल गठन गर्ने समय नरहेकाले मुख्य नेताहरूबीचको छलफलबाट यसलाई टुंगो लगाइने सम्भावना रहेको स्रोतले जनाएको छ ।

 

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने थापाले जानकारी दिए । यद्यपि, दस्तावेजमाथिको जवाफ भने प्रस्तोता अध्यक्षबाटै दिइने उनले बताए ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

 

भीम रावल भन्छन कुनेपनि हालतमा एमसीसी पास हुँदैन

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विपक्षमा निरन्तर वकालत गर्दै आएका नेकपा स्थायी कमिटीका सदस्य भीम रावललाई मौन बस्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । एमसीसीका बिषयमा नेता रावलले स्पष्टरुपमा आफ्ना धारणा राख्दै आएका छन् भने यही अबस्था र सर्तमा एमसीसी देशहित विपरित भएको बताउँदै आएका छन् ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गर्नूृपर्ने पक्षमा छन् भने रावललगायतका नेताहरु एमसीसीका विपक्षमा छन् । जारी नेकपा केन्द्रीय समितिको बैठकमा एमसीसीका बिरुद्ध धेरै नेताहरु उभिएका छत् ।

दुई अध्यक्ष नै अल्पमतमा पर्ने निश्चित भएपछि दाहालले एमसीसीका बिषयमा मौन बस्न आग्रह गरेका थिए । नेकपा केन्द्रीय समितिको बैठक बस्नुको ठिक एक दिनअघि १४ माघमा अध्यक्ष दाहालले रावलसँग छलफल गरेका थिए । रावललाई मनाउन ओलीले दाहाललाई जिम्मा दिएका छन् ।

रावल केही समयअघि गृहजिल्ला अछाम पुगेका थिए । अछाम रहेका रावललाई अध्यक्ष दाहालले निरन्तर फोन सम्वाद गरी १२ माघमा काठमाडौ बोलाएका थिए । काठमाडौ आएलगतै दाहाल र रावलबीच भेटवार्ता भएको थियो । तपाई अहिले एमसीसीका बिषयमा मौन बसिदिनुपर्यो, केन्द्रीय समितिको बैठक सकिएपछि बाँकी छलफल गरौला, रावललाई दाहालले भनेका थिए केन्द्रीय समितिमा एमसीसीको बिषय उठाउँदा पार्टी नै समस्यामा पर्छ, तपाईले समस्यामा पार्दिन भएन ।

एमसीसीका बिषयमा दुई अध्यक्षलगायत नेकपाको मुल नेतृत्व अल्पमतमा पर्ने निश्चित छ । दूई अध्यक्ष नै अल्पमतमा पर्ने भएपछि दाहालले एमसीसीमा मौन बसिदिन आग्रह गरेका थिए । तर दाहालको प्रस्ताव रावलले अस्वीकार गरे । उनले एमसीसीको प्रस्ताव केन्द्रीय समितिमा ल्याउन आग्रह गरेका थिए ।

रावल निकट एक नेताकाअनुसार अध्यक्ष दाहालको राजनीतिक प्रतिबेदनमा एमसीसीको बिषय मौन भएपछि पहिलो दिन नै उनले एमसीसीलाई एजेण्डा बनाउन आग्रह गरेका थिए । तथ्य र प्रमाणका आधारमा बोल्ने भएपछि रावलसँग नेकपाका शीर्ष नेताहरु डराउने गर्दछन् । दाहालको आग्रह पनि नमानेपछि रावललाई सम्झाउन वरिष्ठ नेता माधव नेपालसँग आग्रह गरिएको छ । अध्यक्ष दाहालले रावललाई सम्झाउन नेपालसँग आग्रह गरेका थिए ।

नेपाल र रावलबीच भेटघाट भएको छ । तर रावल देशहित विपरित कसैले भनेको पनि नमान्ने अडानमा बसेको छन् । एमसीसीको बिषयले नेकपा केन्द्रीय समितिभित्र पहिलो प्राथमिकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...