रहर लागेको छ भने मात्र जुलुस निकाल्नू : मन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वतन्त्र प्रेसमैत्री कानूनका लागि कुनै आन्दोलन गर्नुनपर्ने बताएका छन् । कानूनहरु सबै लोकतान्त्रिक बन्ने भन्दै उनले सानातिना न्यान्द्रो समातेर कराउन नपर्ने टिप्पणी गरे । नेपाल टेलिभिजन इटहरीको शुक्रबार शुभारम्भ गर्दै उनले भने ‘कानूनहरु लोकतान्त्रिक हुन्छ, एउटा त्यान्द्रो समातेर धेरै कराउनुपर्दैन छलफलका ठाउँ बाँकी छ । छलफल हुन्छ ।

सञ्चारमन्त्री बास्कोटाले रहर लागेमात्रै जुलुस निकाल्न आग्रह गरे । ‘कुनै जुलुस निकाल्न पर्दैन,रहर लागेको छ भने निकाल्नू, जे जे मा जुलुस निकाल्छु भन्नुभएको छ, त्यो केही पनि गर्नुपर्दैन, हामी आफ्नो तरिकाले सबैभन्दा उन्नत किसिमको कानून बनाउँछौं ।’

उनले अब पत्रकारिता क्षेत्रको परीक्षण हुने बेला आएको जिकिर गरे । ‘अब पाठक सम्पादक हुने व्यवस्था लेराएरै छोडिन्छ, अबको जाँचकी पाठक हो’ उनले भने ‘सरकार केही होइन नागरिक समाज भनेको होइन, त्यसो भए अब सञ्चारगृह केही होइन, पाठक, दर्शक शक्तिशाली हो ।’

पत्रकारिता क्षेत्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका सञ्चारमन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र छुट्टै धातुले बनेको हो ? भनी प्रश्न गरे ।

अहिले संविधान संशोधन नगरी प्रेसविरोधी कानून नै ल्याउन नसक्ने भन्दै उनले भने ‘संविधान त्यही जारी राखेर कसरी प्रतिगामी बनाउँछ ?’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...