नेकपाका धेरै केन्द्रीय सदस्यबीच नै चिनजान छैन



हाम्रो इकोनोमि

 

नेकपा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफल सुरु भएको छ । राष्ट्रियसभा गृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा १५ समूह छलफलमा व्यस्त छन् । बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्राष्ट्रिय सवाल, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन, सीमा विवादलगायत मुख्य विषय छन् ।

धेरै केन्द्रीय कमिटी सदस्यबीच भने चिनजानै छैन । ‘बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौं’, केन्द्रीय सदस्य मनकुमारी केसीले भनिन् । केन्द्रीय सदस्य गरिमा साहले एकतापछि घुलमिल हुने क्रम बढेको जनाउँदै बैठकमा प्रस्तुत कार्यसूचीमा गहनताका साथ छलफल जारी रहेको बताइन् । समावेशी सिद्धान्तअनुसार महिलालाई सचिवालय र स्थायी कमिटीमा राख्नुपर्ने, पार्टीमा माथिल्लो कमिटीको हस्तक्षेप कम हुनुपर्ने मत राखेको उनले सुनाइन् । अर्का केन्द्रीय सदस्य यदुवंश झाले शीर्ष नेता र केन्द्रीय सदस्यबीच एकताको २० महिनापछि साक्षात्कार हुन पाएको उल्लेख गरे । पार्टीलाई तराई–मधेसमा थप प्रभावकारी बनाउन यो बैठक सार्थक हुने अपेक्षा उनले व्यक्त गरे ।

केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरी टोली नेतामार्फत शुक्रबार र शनिबारको बैठकमा प्रस्तुत गर्नेछन् । वर्णानुक्रमअनुसार विभाजन गरिएका ४ सय ४१ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गरिरहेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताए । समूहले आफ्नो टोली नेता आफैं चयन गरेका छन् ।

टोली नेतालाई २०/२० मिनेट समय दिइएको छ । बैठक सोमबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैतमा एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई पनि १० मिनेट बोल्न दिइने भएको छ । समूहगत छलफलमा उठेका विषयमा आइतबार निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...