प्रदेश २ मा नेकपा–राजपा गठबन्धनको सरकार बनाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख राजपालाई दिन चाहिरहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) कांग्रेसलाई दिने पक्षमा देखिएका छन् । सभामुख पदमा सापकोटालाई निर्विरोध निर्वाचित गर्न सघाउ पुर्याएको भन्दै कांग्रेसलाई दिनुपर्ने मनशाय प्रचण्डले ब्यक्त गरेका छन् ।

नेकपा बरिष्ठ नेता झलनाथ खनालले उपसभामुख पद राजपालाई दिने विषयमा पार्टी सकारात्मक रहेको बताउँदै राजापासँग निर्णयक वार्ता गरेर टुङ्गोमा पुग्ने जनाएका छन् । नेकपाले राजपालाई उपसभामुख दिनुपरेमा संघीय सरकामा सहभागिता र दुई नम्बर प्रदेशको प्रदेश सरकारको विषयमा प्रष्ट पार्नुपर्ने सर्त राजपासमक्ष राखेको छ । यस विषयमा राजपाभित्र दुई धार देखिएको छ ।

यसअघि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको दुई बुँदे सहमती अनुसार प्रदेश २ तर्फको ४ सिटमा नेकपा र राजपा नेपाल गठबन्धनका उम्मेदवार बिजयी भइसकेका छन् । दुई बुँदे सहमतीको पहिलो बुँदा दुबै दलले इमन्दारीका साथ कार्यान्वयन गरेका छन् । दोस्रो बुँदामा उल्लेख भए अनुसार अगामी दिनमा राष्ट्रिय राजनीतिका बिषयमा छलफल र सहकार्य गर्ने बिषय उल्लेख गरिएको छ ।

अहिले नेकपा र राजपा नेपालबीच संघीय सरकार, प्रदेश २ सरकार र उपसभामुख बिषयमा केन्द्रीत भई छलफल भईरहेको बताईन्छ ।

नेकपाले राजपा संघीय सरकारमा सहभागि हुनुपर्ने र प्रदेश २ सरकारमा नेकपा–राजपा गठबन्धनको सरकार बनाउने कसरत भए पनि टुङ्गोमा पुगेको छैन । राजपाले उपसभामुख आफूले पाउँनुपर्ने र जेलमा रहेका राजपा सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त अगाडी सारेको छ । नेकपाले राजपालाई उपसभामुख दिन तयार भए पनि अहिले सम्म चौधरीको रिहाईका बिषयमा सकारात्मक नभएको राजपा नेताको बुझाई रहेको छ ।

राजपा स्रोतका अनुसार उपसभामुखसंगै सांसद चौधरीको रिहाई गर्नमा नेकपाले सहयोग गरे उसका अन्य सर्त मान्न सकिन्छ । आफ्ना कुरा मात्र लागु गर्ने तर राजपाको मुद्धा सम्बोधन नभए सहकार्य अगाडी बढन नसकिने राजपाले जनाएको छ ।

यही बिषयमा केन्द्रीत भई केही समय अघि देखी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेल, राजपा नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी लगायतका बीचमा छलफल हुदै आएको छ ।

नेकपा महासचिव बिष्णु पौडेलले दुई दल बीच भएको सहमती अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सफल भएको बताए । अगामी दिनमा पनि दुई दलका बीचमा राष्ट्रिय राजनीतिकका बिषयमा छलफल र सहकार्य गर्दै अघि बढने उनले बताए ।

‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा पुर्व सहमती अनुसार दुबै दल सफल भएको छ’ महासचिव पौडेलले भने, ‘राष्ट्रिय राजनीतिकका बिषयमा अगामी दिनमा समेत सहकार्य गर्दै अगाडी बढने छौं ।’

राष्ट्रिय राजनीतिकका बिषयमा अगामी दिनमा समेत छलफल र सहकार्य गर्ने उनले बताए पनि राजपाले राखेको सर्तका बारेमा केही खुलाएनन् । यधपी दुई पार्टीका शिर्ष नेताहरुका बीचमा सहकार्य गर्दै कसरी अगाडी बढने भन्ने बिषयमा निरन्तर छलफल भईरहेको उनले बताए ।
नेकपाबाट सभामुख उम्मेदवार भएका अग्नि सापकोटाको समर्थक बनेका राजपा नेपालका नेता तथा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले उपसभामुख बिषयमा दुई पार्टीका बीचमा छलफल नभएको बताए ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुबै पार्टीका शिर्ष नेताहरु छलफलमा रहेकाले औपचारिक निर्णय केही नभएको उनले बताए । उपसभामुख कसले पाउँने भन्ने बिषयमा औपचारिक छलफल नभएको बताउँदै उनले अहिले धेरै समय बाँकी रहेकाले अब छलफल हुनसक्ने बताए ।

‘सभामुखमा हामीले नेकपालाई समर्थन गरिसकेका छौं’ कर्णले भने, ‘उपसभामुख बिषयमा औपचारिक छलफल नै भएको छैन, अहिले धेरै समय बाँकी नै छ, हेर्दै जाउँ भोली के हुन्छ ।’

प्रतिनिधिससभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत रहेकाले संसदीय अंकगणितका आधारमा नेकपाले जसलाई समर्थन गर्छ त्यसैले उपसभामुख पाउँने उनले बताए । नेकपाले राजपालाई उपसभामुख दिए पार्टीले उम्मेदवार टुंगो लगाउँने उनले बताए ।

उपसभामुख को ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार टुंगो लगाएसंगै अहिले उपसभामुखको खोजी शुरु भएको छ ।

संवैधानिक व्यवस्था अनुसार एउटै दल र उही लिङ्गको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैन । त्यसैले सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्यदलबाट महिला सांसद उपसभामुख हुनेछ ।

नेकपाले संसदभित्र रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउँन सक्छ । तर स्रोतका अनुसार नेकपाले उपसभामुख काँग्रेस र समाजवादीलाई दिदैन् । राष्ट्रियसभा निर्वाचनमा राजपासंग दुई बुँदे सहमती गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ तर्फ रिक्त हुने ४ सिटमा नेकपाले दुई र राजपाले दुई सिट लिने र त्यसमा एकअर्कालाई सहयोग गर्ने सहमती कार्यान्वयन भईसकेको छ । यस्तै अगामी दिनमा समेत राष्ट्रिय राजनीतिक बिषयमा सहमती र सहकार्य गर्दै अगाडी बढने सहमतीले उपसभामुख राजपाले पाउँन सक्ने सम्भावना बढी रहेको देखिन्छ ।

राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डल मध्ये एकलाई उम्मेदवार बनाउँने निश्चित छ । राजपा स्रोतका अनुसार नेकपासंग भएको दुई बुँदे सहमतीसंगै उपसभामुख पनि राजपाले पाउँने आश्वासन पाएको छ ।

चौधरी राजपा नेता महन्थ ठाकुर, अग्रहरी राजेन्द्र महतो र मण्डल अनिल झा निकटका सांसद हुन् । नेकपाबाट आश्वासन पाएको राजपा नेपालले यि तीन महिला सांसद मध्ये एकलाई अघि सार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...