कहाँ भागे प्रसाई, किन पक्राउ परेनन्



हाम्रो इकोनोमि

 

 

 चिकित्सा शिक्षा उद्योकका उपाध्यक्ष डा. कृष्ण गिरीमाथि अभद्र व्यवहार गरेको आरोपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुजी जारी भएपनि बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् ।प्रहरीले प्रसाई फरार रहेको बताउँदै आएको छ ।

गिरीमाथि अभद्र व्यवहार गरेको भन्दै गत माघ १ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी परेको थियो । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयबाट पक्राउपुर्जी जारी रगेको थियो ।

त्यसअघि गिरीले प्रसाईबिरुद्ध काठमाडौ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा हालेका थिए थिए । पक्राउ अनुमति पाएलगत्तै पक्राउ गर्न प्रहरी गए पनि त्यसबेला पक्राउ परेका थिएनन् । त्यसयता प्रहरीले प्रसाईलाई फरारसूचीमा राखेर खोजीरहेपनि हालसम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीले प्रसाईं फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको बताउँदै प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए । प्रसाईलाई उच्च राजनीतिक संरक्षण रहेको कारण पक्राउ गर्न नसकिएको प्रहरी स्रोतले बताएको छ ।

उक्त पक्राउ पूर्जीमाथि जारी भएपछि पक्राउ पुर्जीमाथि उत्प्रेषण परमादेश माग गर्दै प्रसाईंले वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए । प्रसाईंलाई पक्राउ गर्नुपर्ने कारण पेश गर्न सर्वोच्च अदालतले भक्तपुर प्रशासनलाई आदेश दिएको छ ।

गिरीमाथि आशयपत्र पाइसकेको आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्न निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रूपैयाँ मागेको आरोपप्रसाईंले लगाएका थिए । सोही कारण गिरीले आफूलाई बदनाम गराएको भन्दै प्रसाईंविरूद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...