नेकपाका सबै कमिटीले १० प्रतिशत सदस्य मनोनित गर्न पाउने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सबै तहका कमिटीले बढीमा १० प्रतिशत सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधन हुने भएको छ । महासचिव विष्णु पौडेलले बुधबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको विधान संशोधन प्रस्तावमा यो व्यवस्था गरिएको हो ।

सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य,अनुभवी एवं क्रियाशील व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाइ सदस्यहरु मनोनयन गर्न सक्ने भनिएको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुभन्दा एक तह माथिल्लो कमिटीबाट अनुमोदन गराएपछि मनोनयन लागु हुने व्यवस्था विधानमा गर्न लागिएको हो । नेकपाको प्रस्तावित विधान संशोधनमा काठमाडौं उपत्यकामा उपत्यका विशेष कमिटी गठन गर्ने उल्लेख छ ।

काठमाडौं उपत्यकामा मजदूर, युवा विद्यार्थी, उद्योगी व्यवसायी र पेशागत क्षेत्रको पार्टी कामलाई नेतृत्व प्रदान गर्न अधिवेशनबाट निर्वाचित उपत्यका विशेष कमिटी रहने प्रस्ताव गरिएको छ । कमिटीमा अध्यक्ष र सचिव सहित ७५ सदस्य हुने र उक्त कमिटीको अधिकार प्रदेश कमिटी सरह हुने व्यवस्था गरिएको छ ।

विधानमा पार्टीको रणनीतिक लक्ष्य र कार्यक्रममा समेत सामान्य हेरफेर गरिएको छ । पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र तत्कालिन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...