२o७७ साल चैत २५ देखि ३o गतेसम्म नेकपाको महाधिवेशन



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।

नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ । नेकपाको यो कतिऔं महाधिवेशन हुने भन्ने खुलाइएको छैन ।

यसअघि तत्कालिन नेकपा एमालेले नवौं महाधिवेशन गरेको थियो भने तत्कालिन माओवादीले सातौं गरेको थियो । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।

नेकपाले महाधिवेशन २०७७ मा गर्ने भनेपनि मिति तोकेको थिएन । महाधिवेशन र अधिवेशनहरुअघि पार्टीले देशब्यापी विशेष अभियान सन्चालन गर्ने भएको छ । सो अभियानका क्रममा पार्टी र सरकारको पक्षमा जनमत निर्माण गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...