कोरोना भाइरसको कारण भोलीदेखि रसुवा नाका बन्द



हाम्रो इकोनोमि

 

नेपाल र चीनबीचको ब्यापारिक नाका रसुवागढी भोलीदेखि बन्द हुने भएको छ । नेपाल र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार १५ दिनलाई नाका बन्द हुने भएको हो । कोरोना भाइरसको संक्रमण रोक्न दुई देशले यस्तो निर्णय गरेका हुन् ।

मंगलबार बिहान बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीचको बैठकले बुधवारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो । दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गरेको छ ।

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...